stcnepal long ad
global ime bank long

व्याजदर बढदा उद्योगी व्यवसायीहरू धेरै मर्कामा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढाउँदा व्यवसायी निकै मारमा परेका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले आयोजना गरेको ‘वित्तीय समस्या र समाधान’ विषयक अन्तरक्रियामा व्यवसायीले ब्याजदर बढ्दा उद्योगी व्यवसायी गम्भीर समस्यामा परेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले बैंकले ब्याजदरबारे सोच्नुपर्ने बेला आएको बताएका छन ।

उनले भने–बैंकले नाफाका लागि ब्याजदर बढाउँदा व्यवसायी मारमा परेका छन्”। उनले ३० वर्षमा कहिल्यै भोग्नु नपरेको वित्तीय समस्या अहिले आएर भोग्नुपरेको पनि बताएका छन ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले व्याजदर सात प्रतिशतबाट बढाएर १४ प्रतिशत बनाउँदा व्यवसायी अफ्ठ्यारोमा परेको बताएका छन ।

उनले भने– “बैंकलाई ब्याजदर बढाउन राष्ट्र बैंकले स्वीकृत दियो, यसबाट व्यवसायी मारमा परे” । ब्याजदरमा बैंकले ठगी गरेको उनले आरोप लगाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौँका उपाध्यक्ष हेमराज ढकालले उत्पादन बढाएर आयत प्रतिस्थापन गर्न सकेमात्र देशको अर्थतन्त्र संकटमा केही हदसम्म कमी आउने बताएका छन ।

नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय आआफ्नो ढङ्गले सञ्चालन हुँदा समस्या परेको उनको भनाइ थियो ।

बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले महङ्गी र व्यवसायीलाई असर नपर्ने गरी ब्याजदर बढाइएको बताउदै उनले बैंकिङ क्षेत्र जोगाउन ब्याजदर बढाएका हौँ, बैंक क्षेत्र डुब्यो भने मुलुकको अर्थ व्यवस्थामा गम्भीर संकट पर्छ भनेका छन।

नेपाल राष्ट्र बैंकका निर्देशक ईश्वरीप्रसाद भट्टराईले नेपालमात्र नभई विश्वकै अर्थतन्त्र समस्यामा परेको बताउदै उनले अर्थतन्त्रको समस्या क्षणिक हो, यो विस्तारै सुधार हुँदै जान्छ भनी बताए। सम्झौताभन्दा बढी ब्याजदर लिने बैंकलाई राष्ट्र बैंकले ‘एक्सन’ लिनुपर्ने उनको जोड थियो ।

IME Lifesidebar
kumari