२ अर्ब ५० करोड रुपैयाँको राष्ट्रिय वाणिज्य बैंकले ऋणपत्र जारी गर्ने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक १०.५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको आरबीबीएल डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यपिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ


























