stcnepal long ad
global ime bank long

महालक्ष्मी विकास बैंकद्वारा ५० हजारको जेहेन्दार छात्रवृत्ती प्रदान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महालक्ष्मी विकास बैंकले कैलालीस्थित श्री त्रिनगर माध्यामिक विद्यालयको कक्षा ९ मा अध्यनरत छात्रा हिरा जोशीलाई नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ ।

बैंकका धनगढी शाखाका शाखा प्रमुख झंकार बहादुर कडायतले एक कार्यक्रममा जोशीलाई ५० हजार बराबरको छात्रवृत्ति प्रदान गरेका हुन् ।

अध्यनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले हिराको अध्यापनमा सहयोग स्वरुप बैंकले छात्रवृत्ती प्रदान गरेको जनाएको छ ।

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व। नवराज बहादुर सिंहको स्मृतिमा नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ती स्थापना गरेको बैंकले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापनका अध्यक्ष प्रेम बिसीले विद्यार्थीलाई प्रदान गरिने छात्रवृत्तीले गुणस्तरिय शिक्षामा टेवा पुर्याउने बताएका थिए ।

आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने बैंकले जनाएको छ ।

बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ

IME Lifesidebar
kumari