citizens life insurance long ad
stcnepal long ad

नयाँ सुपर स्प्लेन्डर नेपाली बजारमा सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। हिरो मोटोकर्पले नेपालमा आफ्नो उच्च वृद्धि रणनीतिलाई निरन्तरता दिँदै नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ ।

प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर सुपर–पावर, सुपर–माइलेज र सुपर–कम्फर्टको तेब्बर (ट्रिपल) प्रतिज्ञाका साथ ल्याइएको छ ।

यसले परिष्कृत ईन्धन दक्षता प्रदान गर्दछ तथा यसलाई नयाँ डिजी–एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड–स्ट्यान्ड इन्जिन कट–अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक नयाँ सुविधाहरूले पावर–प्याक गरिएको छ ।

यो मोटरसाइकल देशभरका हिरो मोटोकर्पका डिलरसिपहरूमा रु २,६६,०००/– को आकर्षक मूल्यमा उपलब्ध हुनेछ ।

नेपाल हिरोका लागि एक प्रमुख बजार हो र आफ्नो पोर्टफोलियोमा नयाँ सुपर स्प्लेन्डर थपिएसँगै यसले आफ््नो उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाएको छ र आफ््ना ग्राहकहरूलाई वर्ग–अग्रणी कार्यसम्पादन प्रदर्शन (पर्फमेन्स), सुविधाहरू र शैली प्रदान गर्दै आएको छ ।

हिरो मोटोकर्पले सन् २०१० मा नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेड ९एनजिएम० लाईआफ्नो आधिकारिक वितरक नियुक्त गरि नेपालमा प्रवेश गरेको थियो । यसले नेपालमा ८२ डिलरसीप, ९३ सर्भिस सेन्टर र ९१ भन्दा बढी स्पेयर पाट्र्स आउटलेट सहित २६६ भन्दा बढी सम्पर्कस्थानमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

हिरोका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, सुपर स्प्लेन्डर, ग्ल्यामर, ग्ल्यामर एक्सटेक, हंक १५०आर, एक्सट्रीम १६०आर, एक्सट्रीम २००आर, प्लेजर, माएस्ट्रो एज, डेस्टिनी १२५, माएस्ट्रो एज १२५, एक्सपल्स २००टी र एक्सपल्स २०० फोरभी रहेका छन् ।

हीरो सुपर स्प्लेन्डर– उत्पादन हाइलाइटहरू

स्मार्ट टेक्नोलोजी

सुपर स्प्लेन्डरको साथ सवारी चालक (राइडर)लेसवारी र कनेक्टिभिटीको कार्यहरू पहुँच छिटो र छरितोरूपमा प्राप्त गर्न सक्दछ ।

इन्टिग्रेटेड यूएसबी चार्जिङ पोर्टका साथै डिजी–एनालग स्पिडोमिटरले रियल टाइम माइलेज इन्डिकेटर, सर्भिस सेड्युल रिमाइन्डर र लो फ््युल इन्डिकेटर पनि उपलब्ध गराउँछ ।

इन्जिन

नयाँ सुपर स्प्लेन्डरमा १२५ सीसी, एयर कुल्ड, ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन रहेको छ जसले ७५०० आरपीएममा १०.७ बीएचपी उत्पन्न गर्छ र ६० आरपीएममा १०.६ एनएमको प्रभावशाली टर्क उत्पन्न गर्छ ।

इन्जिनमा एडभान्स प्रोग्राम्ड फ््युल इन्जेक्सन सिस्टम, वेट मल्टि प्लेट क्लच र पूर्णतः नयाँ फाइभ स्पिड गियरबक्स रहेको छ जसले सहरका साथै राजमार्गमा तनावमुक्त सवारी सञ्चालन ९राइड०को सेवा प्रदान गर्दछ ।

यसमा फ्रन्ट टेलिस्कोपिक हाइड्रोलिक सक अब्जर्बर र रियर ५ स्टेप एडजस्टेबल हाइड्रोलिक सक अब्जर्बर रहेको छ ।

सुरक्षा

चालक (राइडर) र पछाडिका यात्रु (पिलियन) दुवैका लागि अत्यधिक सुरक्षा सुनिश्चित गर्ने यस मोटरसाइकलमा साइड–स्ट्यान्ड भिजुअल इन्डिकेसन र ‘साइड–स्ट्यान्ड इन्जिन कट–अफ’ रहेको छ । यसका साथै यसमा डिस्क ब्रेकको विकल्प र राम्रो ह्यान्डलिङको लागि कम्बी ब्रेकिङ सिस्टम (सीबीए) को विकल्प पनि रहेको छ ।

 

IME Life
kumari