citizens life insurance long ad
stcnepal long ad

प्रभु बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । प्रभु बैंकले एक लाख बढी कित्ता संस्थापक सेयरको बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको १ लाख १२ हजार २२४ कित्ता संस्थापक सेयर बिक्रीका लागि बैंकले निवेदन दिएपछि बैंकले उक्त सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका इच्छुक संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्ने कम्पनी जनाएको छ ।

सेयरको भाउ प्रतिकित्ता न्यूनतम १८० रुपैयाँ तोकिएको छ । यसअनुसार प्रतिस्पर्धी मूल्यमा खरिद आवेदन दिन सकिनेछ ।

सो समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरीदको निवेदन नआएमा वा सबै सेयर बिक्री नभएको खण्डमा भने प्रचलित कानुन बमोजिम दोस्रो चरणमा बैंकले अन्य सर्वसाधारण लगानीकर्तालाई सेयर बिक्री गर्नेछ ।

IME Life
kumari