citizens life insurance long ad
stcnepal long ad

वाणिज्य बैंकहरुको निक्षेपमा सुधार, एक सातामै ११ अर्ब रुपैयाँले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ १७ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३७ अर्ब रुपैयाँ रहेको छ ।

जुन अघिल्लो साता अर्थात भदौ १० गतेसम्मको तुलनामा ११ अर्ब रुपैयाँले धेरै हो । अघिल्लो साता वाणिज्य बैंकहरुसँग ४४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

यता, कर्जा लगानीमा पनि केही विस्तार भएको छ । यद्दपि, निक्षेपको तुलनामा कर्जा लगानीको वृद्धि निकै कम देखिएको छ ।

एक सातामा कर्जा लगानी १ अर्ब रुपैयाँले विस्तार भएर भदौ १७ गतेसम्म ४१ खर्ब ८१ अर्ब रुपैयाँ कायम भएकोछ । अघिल्लो साता भने वाणिज्य बैंकहरुको कर्जा लगानी ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको थियो ।

भदौ १७ गतेसम्म वाणिज्य बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.२५५ रहेको छ ।

IME Life
kumari