चार महिनाभित्र सिभिल बैंकलाई प्राप्ति गरि एकीकृत कारोबार गर्ने तयारी गरिरहेको छौं
(अशोक शमसेर राणा, प्रमुख कार्यकारी अधिकृत, हिमालयन बैंक लिमिटेड)
हिमालयन बैंक लि. ले सिभिल बैंक लि. लाई प्राप्ति गर्ने लगभग निश्चित भएको हो ?
हिमालयन बैंक लिमिटेडमा सिभिल बैंक लिमिटेड गाभिने अर्थात एक्विजेशन हुने प्रारम्भिक लिखित समझदारीपत्रमा गत २०७९ असार २९ गते हस्ताक्षर भैसकेको छ ।
यो सम्झौतापत्रमा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरिसक्नु भएको छ ।
सिभिल बैंकसँगको मर्जरको मोडालिटि के हो र ?
मर्जरको मोडालिटि एक्विजेशन अर्थात सिभिल बैंकलाई हामीले प्राप्ति गर्ने हो। हिमालयन बैंकले गाभ्ने र सिभिल बैंक गाभिने हो।
लिखित सहमति भएको चार महिनाभित्र एक्विजेशन गरि सक्ने स्पिडका साथ काम भैरहेको छ। हामी मंसिरभित्र एकीकृत कारोवार गर्छौ। हामी चुक्ता पूँजीका हिसावले पाँचौ ठुलो बैंक बन्छौ।
सिभिल बैंक प्राप्तिको सेयर रेसियो चाहिँ कसरी मिलाउने सहमति भएको छ ?
सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर प्राप्त गर्ने गरि प्रारम्भिक सहमति भएको छ ।
हिमालयन बैंकले १००: ८१ को सेयर आदान प्रदान अनुपात अर्थात स्वाप रेसियोमा सिभिल बैंकलाई प्राप्ति गर्न लागेको छ । अन्तिम सहमतिभने संयुक्त एक्विजेशन कमिटिको रिपोर्ट अनुसार हुनेछ।
सिभिल बैंकको अवस्था केही कमजोर छ, त्यसले एक्विजेशनपछि हिमालयन बैंकलाई अप्ठेरो पार्न सक्ने अवस्था हुन्छ भन्ने चर्चा पनि सुनिन्छ नि ?
त्यस्तो चर्चा निराधार हो। अहिले सिभिल बैंकको वित्तीय अवस्था ठिक छ, पहिले केही नराम्रो थियो होला,अहिले नराम्रो छैन।
गोविन्द गुरूङ सिईओ हुँदा बैंकमा धेरै सुधार भएको छ,अहिले सुनिल कुमार पोखरेल सिईओ हुनु हुन्छ। उहाँको कार्यकालमा पनि राम्रो सुधार भएको छ। अहिले सिभिल बैंकको वित्तीय अवस्था राम्रो छ। सिभिल बैंकको सफ्टवेयर पनि हाम्रो बैंकको सफ्वेयरसँग मिल्छ।
संयुक्त मर्जर कमिटि बनिसकेको छ होला नी ?
दुबै बैकका सञ्चालक समिति सदस्य रहेको संयुक्त एक्विजेशन कमिटि, सिईओ, विज्ञ कर्मचारी, चार्टर्ड एकाउन्टेन्ट लगायत रहनु भएका विभिन्न उपसमितिहरू बनेका छन। मानव संशाधन, आईटी,फाइनान्स, निक्षेप–कर्जा, रेमिट्यान्स आदि उपसमिति बनेका छन।
ती समितिले काम गरिरहेका छन। ती उपसमितिको अन्तिम रिपोर्ट आएपछि अन्तिम सहमतिभई एकीकृत कारोबार गर्छौ।
एक्विजेशनपछि बैंकको नाम के रहने सहमति भएको छ ?
मर्जरपछि बैंकको नाम हिमालयन बैंक लि। नै रहने छ ।
सञ्चालक समितिको अध्यक्ष र सिईओको बारेमा चाहिँ के सहमति भएको छ ?
सञ्चालक समितिमा हिमालयन बैंकका वर्तमान अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ नै अध्यक्ष रहनु हुनेछ। सञ्चालक समिति सदस्य नयाँ चयन भएर आउनु हुनेछ।
प्रमुख कार्यकारी अधिकृत पनि हिमालयन बैंक लि. बाट निरन्तरता दिने सहमति भएको छ । साथै वरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल रहने गरि सहमति भैसकेको छ ।
कर्मचारी समायोजनमा धेरै असहमति छन भन्ने कुरा पनि सुनिन्छ, वास्तविकता के हो ?
सिभिल बैंकका कर्मचारीलाई सम्मानजनक समायोजन गर्ने सहमति भएको छ। कर्मचारी समायोजनमा खासै विवाद वा समस्या छैन।
हिमालयन बैंकमा सिभिल बैंक एक्विजेशन हुँदा सिभिल बैंकका स्थायी कर्मचारीहरूको पद र सेवा सुविधा दुबै नघट्ने गरि समझदारी भएको छ । यस विषयमा सहमति जुटिसकेको छ ।
मर्जरपछि कर्मचारीको संख्या कति हुनेछ ?
नयाँ बैंक बनेपछि कर्मचारी करिब २ हजार हाराहारीमा हुनेछन् । हाल हिमालयन बैंकमा १०१८ जना स्थायी कर्मचारी छन् भने सिभिल बैंकमा करिव ९५६ जना स्थायी कर्मचारी रहेका छन् । करार तथा अस्थायी कर्मचारी गरेर करिव २ हजार बढी कर्मचारी बैंकमा हुने अनुमान रहेको छ।
हिमालयन बैंक र सिभिल बैंकको पूँजीको अवस्था के छ ?
हाल हिमालयन बैंकको चुक्ता पूँजी करिव १२ अर्ब ९६ करोड रूपैयाँ रहेको छ । त्यसैगरि सिभिल बैंकको चुक्ता पुँजी करिव ९ अर्ब ७ करोड रुपैयाँ रहेको अनुमान छ ।
हाललाई हिमालयन बैंकको एक सय कित्ता सेयर बराबर सिभिल बैंकको ८१ कित्ता सेयर हुने गरी स्वाप रेसियो तय भएको छ। सहमति भएको स्वाप रेसियो अनुसार प्राप्ति भएमा नयाँ बन्ने बैंकको चुक्ता पुँजी करिव २० अर्ब ३० करोड हुने प्रारम्भिक अनुमान रहेको छ।
बैंकमा एक्विजेशनका कारण एक अर्ब ७२ करोड रूपैयाँ प्रिमियम सेयर जम्मा हुन सक्छ। यस्तो प्रिमियम रकम बोनस सेयर दिन सकिन्छ। मर्जरपछिको चुक्ता पुँजीको आधारमा नै बैंकले ८.४८ प्रतिशत लाभांश दिन सक्ने अवस्था रहन सक्छ भन्ने हाम्रो प्रारम्भिक अनुमान छ ।
यो रकम जोडिएपछि भने बैंकको चुक्ता पुँजी करिव २२ अर्ब तीन करोड रूपैयाँ पुग्न सक्ने प्रारम्भिक अनुमान छ।
जगेडा कोषको अवस्था चाहिँ कस्तो छ ?
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हिमालयन बैंक लि।को जगेडा कोषमा करिव ७ अर्ब ५४ करोड रुपैयाँ रहेको अनुमान छ।
यसैगरी सिभिल बैंकको जगेडा कोषमा १ अर्ब ४८ करोड रुपैयाँ रहेको छ भन्ने छ। दुबै बैंक मर्जर तथा प्राप्तिमा गएपछि बैंकको जगेडा कोषको आकार करिव ९ अर्ब रुपैयाँ बराबरको बन्ने देखिन्छ। बैंकहरूको स्वाप रेसियो भने सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन आएपछि निश्चित हुनेछ।
मर्जरपछि बैंकको पूँजी संरचनाको अवस्था कस्तो रहन्छ ?
हिमालयन बैंकले सिभिल बैंकलाई गाभेपछि सिभिल बैंकको पुँजी केही घट्ने छ । हाल करिव ९ अर्ब ७ करोड रूपैयाँ रहेको चुक्ता पुँजी घटेर ७ अर्ब ३३ करोड ३४ लाख ३३ हजार रुपैयाँ कायम हुने अनुमान छ ।
यसरी सिभिल बैंक गाभिएपछि नयाँ बन्ने हिमालयन बैंकको पुँजी करिव २० अर्ब ५० करोड कायम हुने अनुमान छ ।
सिभिल बैंकको प्राप्तिपछि नयाँ हिमालयन बैंकको कर्जा लगानी र निक्षेप बचतको अवस्था के कस्तो हुनेछ ?
प्राप्तिपछि हिमालयन बैंकको कुल कर्जा लगानी करिव २ खर्ब ४६ अर्ब रुपैयाँ पुग्ने अनुमान छ भने निक्षेप करिव २ खर्ब ५६ अर्ब रूपैयाँ पुग्ने प्रारम्भिक अनुमान देखिएको छ ।
सम्झौतापत्रको समयमा हिमालयन बैंकको कुल कर्जा लगानी करिव १ खर्ब ५८ अर्ब थियो भने सिभिल बैंकको करिव ८८ अर्ब रुपैयाँ रहेको थियो । सम्झौता भएका बखत हिमालयन बैंकको निक्षेप संकलन करिव १ खर्ब ६५ अर्ब रुपैयाँ र सिभिल बैंकको करिव ९० अर्ब रुपैयाँ रहेको अनुमान छ ।
सिभिल बैंकको प्राप्तिपछि बन्ने हिमालयन बैंकको शाखा र एटिएम कति हुने छन ?
नयाँ बन्ने हिमालयन बैंकको कुल शाखा संख्या दुई सय भन्दा बढी हुनेछन् । हाल हिमालयन बैंकको ७३ वटा शाखा,५ विस्तारित काउन्टर र १४६ एटिएम बुथ सञ्जाल छन। सिभिल बैंकको १२७ वटा शाखा रहेका छन् ।
हिमालयन बैंकको शाखा संख्या बढाउने योजना के छ ?
सिभिल बैंकसँग एक्विजेशनको सहमति हुनु अघि हामीले चार वटा शाखा खोल्ने योजना बनाएका थियौ तर एक्विजेशनमा जाने सहमतिपछि त्यो योजना रोकिएको छ।
हिमालयन बैंकको वित्तिय अवस्था कस्तो छ ?
अहिले सबै बैंकहरूमा तरलताको समस्या छ। त्यो बाहेक हाम्रो बैंकको अन्य वित्तिय अवस्था अत्यन्तै राम्रो छ।
दुई बैंकको मर्जरपछि बन्ने नयाँ बैंकको हैसियत अन्य वाणिज्य बैंकहरू माझ कस्तो हुनेअनुमान छ ?
हालसम्म ९क० वर्गका वाणिज्य बैंकहरूको मर्जर एक्विजेशन सम्झौता भए अनुसार चुक्ता पुँजीका आधारमा हामी पाँचौ ठुलो बैंक बन्नेछौं ।
सिभिल बैंकको अवस्था केही कमजोर छ, त्यसले एक्विजेशनपछि हिमालयन बैंकलाई अप्ठेरो पार्न सक्ने अवस्था हुन्छ भन्ने चर्चा पनि सुनिन्छ नि ?
त्यस्तो चर्चा निराधार हो। अहिले सिभिल बैंकको वित्तीय अवस्था ठिक छ, पहिले केही नराम्रो थियो होला,अहिले नराम्रो छैन।
गोविन्द गुरूङ सिईओ हुँदा बैंकमा धेरै सुधार भएको छ,अहिले सुनिल कुमार पोखरेल सिईओ हुनु हुन्छ। उहाँको कार्यकालमा पनि राम्रो सुधार भएको छ। अहिले सिभिलको वित्तीय अवस्था राम्रो छ। सिभिल बैंकको सफ्टवेयर पनि हाम्रो जस्तै छ।
संयुक्त मर्जर कमिटि बनिसकेको छ होला नी ?
दुबै बैकका सञ्चालक समिति सदस्य रहेको संयुक्त एक्विजेशन कमिटि बनेको छ। त्यो मातहत सिईओ, विज्ञ कर्मचारी, चार्टर्ड एकाउन्टेन्ट लगायत रहनु भएका विभिन्न उपसमिति जस्तै मानव संशाधन, आईटी,फाइनान्स, कर्जा,रेमिट्यान्स समिति आदि बनेका छन।
ती उपसमितिले काम गरिरहेका छन। ती उपसमितिको अन्तिम रिपोर्ट आएपछि अन्तिम सहमतिभई एकीकृत कारोबार गर्छौ।
तरलता अभावको समयमा पनि बैंकहरूले राम्रो मुनाफा आर्जन गरेको बताइ रहेका छन। त्यो कसरी सम्भव भयो ?
बैंक निक्षेपकर्ता र ऋण लगानीकर्ताहरूबीचको माध्यम मात्र हो। बचतकर्ताले हामीलाई विश्वास गरेर पैसा राख्छन। उद्योगी,व्यापारी,व्यवसायी ऋणी लगानीकर्ताहरूले हामी माथि भरोशा गरेर कर्जा लिन्छन। यो बीचमा हामी पुलमात्र हौं।
बैंकले मुनाफा कमाएन भने बैंक चल्न सक्दैन। हामीले नाफा बढाउदै जानू पर्दछ। बैंकका सेयर धनीलाई हामीले मुनाफा कमाएर नै प्रतिफल दिनु पर्दछ,बैंकको सञ्चालन खर्च धान्नु पर्छ,कर्मचारी पाल्नु पर्छ,सरकारलाई राजस्व पनि तिर्न पर्छ।
बैंक घाटामा गयो भने सबै डुब्छ। त्यसैले हामीले राष्ट्र बैंकको नीति नियमभित्र रहेर बैंक नडुब्ने ठाँउमा लगानी गरेर नाफा कमाउने हो।
यस बैंकको खराव कर्जाको अवस्था कस्तो छ ?
खराव कर्जा हाम्रो बैंकमा छैन,कर्जाको व्याज र किस्ता असुलीको अवस्था राम्रो छ।
मोवाइल बैंकिङलाई बढाएर शाखा कार्यालयहरूमा भिडभाड घटाउने,पेपरलेस बनाउन र प्रविधिमैत्री कारोबारलाई बढाउने यस बैंकको के कस्तो योजना छ ?
मोवाइल बैंकिङ बढाउन हामीले युटुवमा मोवाइल बैंकिङ कसरी चलाउने भन्ने तरिका सिकाउने युटुव बनाएर राख्ने योजना बनाएका छौं। शाखाहरूका ग्राहकसेवा काउन्टरबाट पनि मोवाइल बैकिङ चलाउने तरिका सिकाउने शिक्षा दिदैछौ।
हाम्रा ग्राहकलाई हामी प्रविधिमैत्री बनाउछौ,प्रविधि सिकाउछौं। प्रविधि मार्फत अब बैंकिङ सेवा दिनुपर्छ भन्ने हाम्रो सोच र योजना छ।
हिमालयन बैंकको सिईओको नाताले आफ्ना बैंकका सेयर धनी,ग्राहक र कर्मचारीहरूलाई के भन्न चाहनु हुन्छ ?
हिमालयन बैंकको भविश्य राम्रो छ। एक्विजेशनमा गएपछि अझ राम्रो हुनेछ। बैंक चुक्ता पूँजी,शाखा सञ्जाल,निक्षेप,कर्जा लगानी, एटिएम काउन्टर,कर्मचारी संख्या,ग्राहक संख्या आदिले ठुलो बैंक बन्ने छ।
बैंकको साखस् अझ बढनेछ। मर्जर भएको छ महिनाभित्रै सजिलोसित मोवाइल बैकिङ गर्न सक्ने सफ्वेयर ल्याएर मोवाइल बैंकिङ कारोबारलाई बिस्तार गर्छौ। ग्राहकवर्गले अझ उत्कृष्ट सेवा पाउनु हुनेछ।
प्रसंङ बदलौं,नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिलाई तपाई जस्तो अनुभवी र सफल बैंङकरले कसरी लिनु भएको छ ?
समग्रमा राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति ठिकै छ। राष्ट्र बैंकले घर जग्गा,महंगा सवारी साधन,विलासीताका वस्तु खरिदमा लगानी नजावस भनेर कर्जा प्रवाह र विलासी वस्तुको आयातमा केही कडाई गरेको छ।
अहिलेको अवस्थामा ठिकै छ। घर जग्गामा कर्जा नदिने भनेको छैन तर घितोमा दिने कर्जाको मार्जिन घटाएको छ। यसले घर जग्गा व्यवसायमा केही असर पार्न सक्छ । घर जग्गाको धितोमा ऋण प्रवाह गर्न मिल्छ तर धेरै ऋण दिन मिल्दैन। निक्षेप भन्दा बढी कर्जा प्रवाह भैरहेको अवस्थामा यो नीति ठिकै छ।
व्याजदर बढछ कि यथास्थितिमै रहन्छ होला ?
व्याजदर तत्काल बढदैन। तर संस्थागत निक्षेपको व्याजदर भने केही घटाउनु पर्छ भन्ने छ।
तरलता अभाव घटला कि बढला रु अहिले तरलताको अवस्था कस्तो छ ?
एक वर्षभन्दा बढी भयो तरलता अभाव भएको। अहिले पनि तरलता अभाव कायमै छ। प्रदेश र संघीय संसदको निर्वाचन घोषणा भएकाले अब बजारमा केही पैसा आउलाकी भन्ने आशा गरेका छौं।
तर निर्वाचन घोषणा गरिएकाले कर्मचारी निर्वाचन तयारीमा लाग्न सक्ने हुँदा विकास निर्माण र पूँजीगत खर्च कम हुने हुँदा मंसीरसम्म तरलता अभाव भैरहन्छ जस्तो छ।
विगत एक वर्षदेखि बजारबाट किन पैसा हरायो, निक्षेपमा बढी व्याज दिदा पनि किन पैसा बैंकमा आउन सकेन ?
यो सरकारप्रति जनताको विश्वास नभएर हो। सरकारको गलत नीतिले गर्दा अनौपचारिक अर्थतन्त्र मौलायो। पैसाको स्रोत खोज्ने भयले मानिसहरूले बैंक तथा वित्तिय क्षेत्रमा निक्षेप राख्न डराए। यो देशमा सरकारनै छैन भने पनि हुन्छ।
देशमा गठबन्धन सरकार छ तर यो सरकारको उदेश्य,गन्तव्य के हो ?
लक्ष्य,नीति,कार्यक्रम,योजना के हो रु केही छैन। खाली कुर्सीका लागि मात्र गठबन्धन भएको छ। सरकार कांग्रेसको नीतिमा चलेको हो किरु, माओवादी केन्द्रको नीतिमा चलेको हो की, एकीकृत समाजवादीको नीतिमा चलेको हो कि रु अन्यौलता छ।
जनता,उद्यमी र व्यवसायीहरूमा सरकारप्रति विश्वास र भरोसा टुटिसकेको छ। पुँजीगत बजेट खर्च नभएर राष्ट्र बैंकमा थुप्रिएको छ। यही भएर पैसा बैंकिङ च्यानल भन्दा बाहिर गयो,लगानीको वातावरण नभएर कति पुँजी पलायन भएको पनि होला।
सरकारको आर्थिक नीति कार्यक्रम त ल्याएको छ नी रु त्यसलाई नीति मान्न सकिँदैन ?
सरकारको उत्पादन बढाउने,लगानी बढाउने,विदेशी लगानी भित्राउने,देशका उद्योग व्यवसायलाई संरक्षण गर्ने नीति,योजना र कार्यक्रम खासै देखिएको छैन।
यी क्षेत्रको विकास गर्न कस्तो आर्थिक नीति सरकारले ल्याउनु पर्ला ?
निर्वाचनमुखी लोकप्रिय बजेट ल्याउनु हुँदैन। देशमा उत्पादन बढाउन,आयात प्रतिस्थापन गर्ने,निर्यात बढाउने,विदेशी पूँजी भित्राउने, स्वदेशी लगानी बढने,राष्ट्रिय पूँजीपतिको संरक्षण गर्ने, कर छुट दिने,ऋणमा सहुलियत दिने नीति आउन जरूरी छ।
यहाँ उद्योग व्यवसायलाई डुबाउने, क्षमतावान दक्ष युवा जनशक्तिलाई विदेश पलायन गर्ने नीति छ। भएका उद्योगधन्दा,व्यवसायको संरक्षण र प्रवर्द्वन हुन सकेको छैन। विगत ६–७ वर्षदेखि पुँजीगत खर्च बढन सकेको छैन।
सरकार विकास बजेट बर्सेनि बढाउछ,तर छुटयाएको बजेट खर्च गर्न नसकेर फ्रिज हुन्छ। यो भन्दा दुर्भाग्य अरू के हुन्छ ? सरकारले कम्तिमा शिक्षा,स्वास्थ्य,कृषि,सिंचाई,खानेपानी,पूर्वाधार विकासका क्षेत्रमा छुटयाएको पुरै बजेट खर्च गर्न सक्नु पर्दथ्यो। तर यहाँ नर्सलाई विदेश पठाउने कुरा गर्दैछ।
दक्ष युवा जनशक्तिलाई विदेश पठाउदा यहाँ हाम्रो उपचार कसले गर्छ रु विरामी हुँदा हामीलाई कसले हेर्छ रु गाउँ( गाँउमा मानिस उपचार नपाएर मरेका छन।
गाँउमा स्वास्थ्य संस्था बढाएर नर्स,डाक्टर भर्ना गरेमा उनीहरूले स्वदेशमै काम पाउने,जनताले पनि समयमै आफ्नै गाउँ घरमा सहज रूपमा उपचार पाउने अवस्था बनाउन पर्छ। (आर्थिक सञ्जाल डटकमका लागि किशोर शर्माले गरेको कुराकानी)