शुभ लक्ष्मी म्युचुअल फन्डमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । लक्ष्मी क्यापिटलले बिक्री खुला गरेको खुलामुखी म्युचुअल फन्डमा आवेदन दिने आज भदौ २ गते अन्तिम दिन हो ।
आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि ‘शुभ लक्ष्मी कोष’ को कुल ५ करोड इकाई निष्कासन गरेको हो ।
जसमध्ये ७५ लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ ।
बाँकी ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुला गरिएको योजना व्यवस्थापक लक्ष्मी क्यापिटलले जनाएको छ ।
लक्ष्मीको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो खुलामुखी योजना हो । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।
न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।
























