stcnepal long ad
ime life insurance
national life
global ime bank long

सनराइज नारी बचत खाता हुनेलाई भदौ महिनामा क्यासब्याक र छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हरितालिका तिजलाई लक्षित गर्दै सनराइज बैंकले महिला ग्राहकहरुको लागि अफर ल्याएको छ ।

यस योजना अन्तर्गत भदौ १ गते देखि भदौ १७ गतेसम्म सनराइज नारी बचत खाता हुने सम्पूर्ण महिलाहरुले पहिलो कारोबारमा १५ प्रतिशतसम्म वा ५०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।

भदौ महिनाभरी सम्पूर्ण नारी बचत खाता खोल्ने वा खाता भएका नारीहरुले पहिलो वर्षको लागि निस्शुल्क रुपमा डेबिट कार्ड, डिम्याट खाता र मेरो सेयर खाता पाउनेछन् ।

यसका साथै, गरगहना राख्नको लागि लकर सुविधामा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।

सनराइज बैंकले नारी बचत खातामा १० हजारसम्मको प्रसुती खर्च र ५ लाखसम्मको घातक रोग खर्च दिँदै आएको छ ।

यस्तै, बैंकले स्वास्थ्य योजना अन्तर्गत १ लाखसम्मको स्वास्थ्य बीमा र ५ लाखसम्मको दुर्घटना बीमा समेत दिँदै आएको छ ।

IME Lifesidebar
kumari