stcnepal long ad
national life

भदौ २ गतेबाट बैंक अफ काठमान्डूको ऋणपत्र खुल्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं बैंक अफ काठमान्डले भदौ २ गतेबाट ११ लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्ने भएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । यसमध्ये ६ लाख ६० हजार युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ४ लाख ४० हजार युनिट सर्वसाधारणका लागि खुला हुनेछ ।

यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल २२ हजार इकाई पाउनेछन् ।

यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

बैंकले ७ वर्ष अवधिको बिओके डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।

यो ऋणपत्रमा छिटोमा भदौ ७ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ १६ गतेसम्म भर्न सकिनेछ ।

यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

gold
kumari bank
kumari
nawakantipur long