stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ग्लोबल आइएमई बैंकको ५२औँ एक्सटेन्सन काउन्टर, लमजुङको सोतीपसलमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहनेगरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

“सबैका लागि बैंक” भन्ने नाराका साथ २९ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७७ जिल्लामा २८९ शाखा, २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।

prabhu mahalaxmi
kumari