stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ज्योति विकासको १४ औं वार्षिक उत्सव सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति विकास बैंकले श्रावण ९ गते स्थापनाको १४औं वार्षिक उत्सव मनाएको छ। बैंकले सञ्चालक समितिका सदस्य,भुतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकहरुको उपस्थितिमा कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सव मनाएको हो ।

साथै, कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष तथा शेयरधनी ध्रुवकुमार उप्रेती र संस्थापक शेयरधनी तथा भुतपूर्व अध्यक्ष ध्रुवराज भट्टराईको पनि उपस्थिति रहेको थियो।

१४औंवार्षिकोत्सवकोअवसरमाबैंकलेज्योति भिडियो बैंकिंको पनि सार्वजनिक गरेको छ। यस माध्यम अन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खाता खोली, बैंक नपुगी तुरुन्तै खाता संचालन गर्न सकिने सेवासहितको भिडियो केवाइसीको सार्वजनिक गरेको हो ।

यसपश्चात देश विदेशमा रहेका नेपालीहरुले पनि अनलाइनबाट खाता खोली संचालनमा ल्याउन सक्नेछन्।

वार्षिकोत्सवकोअवसरमा बैंकले रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ, जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारणले रक्तदान गरेका थिए।

सोहि अवसरमा बैंकमा १० वर्ष निरन्तर कार्यरत रहि योगदान दिएका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको छ। सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुख कार्यकारीअधिकृत श्रीचन्द्र भट्टले संयुक्त रुपमा कर्मचारीहरुलाई पदक तथा कदरपत्र प्रदान गरेका थिए।

समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत राधा पौडेल फाउन्डेसनसंग“मर्यादित महिनावारी”सचेतनामा आधारित परियोजनाहरुमा सहकार्यका लागि सम्झौता गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा राधा पौडेल फाउन्डेसनकी संस्थापक राधा पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

बैंकले प्रारम्भिक चरणमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच लाख सहयोगको प्रतिबद्धता गरेको छ।

कार्यक्रममा अध्यक्ष हरिचन्द्र खड्काले मन्तव्य प्रस्तुत गर्दै बैंकको १४ वर्षको यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने सम्पूर्णप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग प्रदान गर्न आह्वान गरे ।

अध्यक्ष खड्काले आगामी दिनहरुमा पनि अझगुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले बैंकले आफ्नो मूल उद्देश्य, दूरदृष्टि, ध्येय र मुल्य मान्यताहरुको अधीनमा रहि बैंकलाई सुदृढ, सशक्त र जीवन्त संस्थामा विकसित गर्दै समस्त नागरीकको जीवनमा समृद्धि ल्याउन निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

यसका साथै वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौं महानगरपालिका वडा नं. १५, डल्लुस्थित बैंकको ११९ औंशाखाको औपचारिक उद्घाटन पनि गरेको छ।

डल्लु शाखाको समुद्घाटन बैंकका पुर्व अध्यक्ष तथा बैंकका संस्थापक शेयरधनी ध्रवकुमार उप्रेती र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्तरुपमा गरेका थिए । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै आफ्ना सेवाहरू सहज रूपमा ग्राहक समक्ष पुर्याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

डल्लु शाखा उद्घाटन पश्चात्उ पत्यका र उपत्यका बाहिर गरि ज्योति विकास बैंकको ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम पुगेको छ।

prabhu mahalaxmi
kumari