stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मेगा बैंक १३ ओैं वर्षमा प्रवेश

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड १२ बर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको छ । १२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले यश बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिएका छन ।

आज भन्दा ठीक तेह्र वर्ष अगाडि १२ सय १९ जना संस्थापक शेयरधनीहरुको लगानीमा १४ जना संस्थापकहरु र ४ जनाको रणनीतिक समूहको अथक मेहनत र सहजीकरणमा मेगा बैंक नेपाल लिमिटेडको स्थापना भएको थियो।

हलो देखि हाइड्रो सम्म भन्ने नाराका साथ मेगा बैंकको स्थापना भएको हो। जनताको घरदैलोमा बैंकको सेवा पुर्याई आम मानिसको बैंक बनाउने उद्देश्यबाट अभिप्रेरित भएर मेगा बैंक परिचालित भएको थियो।

तत्कालिन अवस्थामा यस बैंकको सबैभन्दा बढी चुक्ता पुँजी २ सय ३३ करोड रहेको थियो। बैंकको सिईओ नबिल बैंक लि. का अनुभवि,क्षमतावान,निडर,आँटी अनिल केशरी शाह रहेका थिए । यस बैंकले लगानीकर्ताको विश्वास जित्दै सानो(सानो पुँजीको लगानी र परिचालनबाट मेगा परियोजना सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण मेगा बैंकले देखाएको थियो।

उत्पादनमुलक, रोजगारीको सिर्जना गर्ने र आयातलाई प्रतिस्थापन गर्दै निर्यातको प्रबर्द्वन गर्ने उद्योग–व्यवसायलाई भरथेक गर्दा मात्र आत्मनिर्भर अर्थतन्त्रको निर्माण हुन सक्दछ । जुन आजको समय सन्दर्भमा सत्य प्रमाणित हुँदै गएका छन् ।

बैंकको संरचनालाई विकेन्द्रीत गर्दै क्षेत्रीय र जिल्ला–जिल्लामा विस्तार गर्न सकेमात्र आमजनताको बैंक समक्ष पहुँच स्थापित हुन्छ भन्ने हाम्रो अभियानले संघियताको कार्यान्वयन पछाडि नेपाल राष्ट्र बैंकले सो विषयलाई मौद्रिक नीति र निर्देशन जारी गरेपश्चात सार्थकता पाएको अध्यक्ष शाह बताउछन।

अध्यक्ष शाहले मेगा बैंकले तर्जुमा गरेका रणनीतिक पञ्चवर्षीय योजना, बजेटको सही प्रक्षेपण र कार्यान्वयनले १२ वर्षको छोटो समयमै कतिपय विधाहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुन पुगेको बताएका छन ।

उनले भने – ‘साना तथा मझौला उद्योग तथा व्यवसाय अन्तरगत कृषि, माइक्रो फाइनान्सिङ, महिला उद्यम कर्जा, डिप्राइभ सेक्टर लेन्डिङसँग सम्बन्धित विधाहरुमा डिफिड–सक्षम, युएसएड–निट, हेल्भेटास, आइओएमसँग सम्बन्धित क्षेत्रहरुमा सहकार्य गरी बैंकिङ पहुँच नपुगेका समुदायमा बैंकिङ पहुँच पुर्याउन दुर्गम क्षेत्र, पिछडिएको वर्गको आर्थिक, सामाजिक रुपान्तरण र सशक्तिकरण महत्वपूर्ण भूमिका खेलेको छ ।

देशले भोगेका प्राकृतिक विपत्ति तथा कोरोना जस्ता महामारीका कारण राष्ट्र तथा बैंक वित्तीय संस्थाहरुले भोगेको संकटको समयमा समेत लगानीकर्तालाई सन्तुलित तथा न्यायोचित प्रतिफल दिन सक्षम हुन हामीले लिएका सही नीति तथा बजेटको कार्यान्वयनको परिणाम हो ।’

विगतमा विभिन्न बैंकसँग मर्जर र एक्वीजिशनको सन्दर्भलाई जोड्दै उनले मेगा बैंकले स्थापित गरेका मान्यताहरुमा विचलन नआउनेमा विश्वस्त रहेको पनि बताउदै भने– ‘यस बैंकको व्यवसाय एवं कार्य क्षेत्र तथा दायरा विस्तार गरी र लगानीको दृष्टिकोणले भरपर्दो र विश्वासिलो बैंक बनाउन पश्चिमाञ्चल डेभलपमेन्ट बैंक लि।, टुरिजम डेभलपमेन्ट बैंक लि।, गण्डकी विकास बैंक लि।जस्ता आ–आफ्ना क्षेत्रका अब्बल बैंकहरुसँगको मर्जर तथा प्राप्तिले यस बैंक बैंकलाई वित्तीय बजारमा स्थापित गराउन अहम भूमिका खेलेकै कारण आज हामी यो स्थितिमा आइपुगेका छौं ।

हाम्रा मान्यताहरुलाई कायम राख्दै देशको आवश्यकता, अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा, कोरोनाका कारणले व्यवसायमा परेको प्रभाव आदि जस्ता कुराहरुले गर्दा ३७ बर्षको इतिहास भएको नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरको लागि एमओयू भइ सैद्वान्तिक सहमति प्राप्त भइसकेको व्यहोरा यहाँहरु समक्ष निवेदन गर्दै हामीले स्थापित गरेका मान्यताहरुमा विचलन आउने छैन भन्ने कुरामा हामी विश्वस्त छौं ’।

मेगा बैंककी कायममुकायम सिइओ रविना देशराज श्रेष्ठले वित्तीय बजारमा मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित भएको बताइन । उनले भनिन– ‘संस्थापकहरुको सोच र भिजनका कारण मेगा बैंक आज देशकै विश्वासिलो र अग्रणी बैंकको रुपमा स्थापित भएको छ ।

बैंकको संचालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरु खडा गर्दै गन्तव्यको उचाई तर्फ अग्रसर भएको छ ।

स्थापनाको १२ बर्ष पूरा गरी १३ बर्ष प्रवेश गरिरहँदा संस्थापकहरु, बैंकका कर्मचारीवर्ग, ग्राहकवर्ग र सरोकारवाला सम्बद्ध सबैको निकै ठूलो योगदान रहेको छ ।

हलोदेखि हाइड्रोसम्म भन्ने नाराका साथ यो बैंकको यात्रा अगाडि बढेको थियो । आजसम्म आइपुग्दा थुप्रै वित्तीय सूचकहरुमा यो बैंकको अवस्था उत्साहमुलक देखिएको छ ।’

कामु सिइओ श्रेष्ठले दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाइएको बताइन ।

साथै, स्थापनाकालदेखि नै मेगा बैंकले सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको उनले बताइन । कामु सिइओ श्रेष्ठले भनिन्– ‘शिक्षामा बालिकाहरुको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पुर्याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न हाम्रो बैंकले “एक शाखा दुई छोरी” कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत छात्राहरुलाई छात्रवृति उपलब्ध गराएको छ ।

यो छात्रवृतिले शाखा संचालित पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो ।’

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको बितेको १२ बर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भएको छ ।

देशको २८ औं बाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक अहिले चुक्ता पुँजीका हिसाबले ७ औं स्थानमा छ ।

२०७९ असार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ५६ अर्ब र कुल कर्जा करिब १ खर्ब ५० अर्ब रूपैयाँ रहेको छ ।

यसैगरि मेगा बैंकले १ हजार ८ सय भन्दा बढी कर्मचारीबाट देशभरका ६१ जिल्लामा २ सय ८ शाखा सञ्जाल, १ सय ४५ वटा एटीएम, २५ वटा एक्टेन्शन काउन्टर र ६० वटा शाखारहित बैंकिङ सेवामार्फत १४ लाख ७५ हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

समता अस्पताललाई पाँच लाख सहयोग

मेगा बैंक नेपाल लिमिटेडले १२औं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको बौद्धस्थित समता सामुदायिक अस्पताललाई पाँच लाख रुपैंया सहयोग गरेको जनाएको छ ।

मेगा बैंकका अध्यक्ष शाहले समता अस्पतालका अध्यक्ष उत्तम सञ्जेललाई पाँच लाख रुपैंयाको चेक हस्तान्तरण गरेका छन ।

एक सय रुपैंयामा सर्वसाधारणको उपचार गराउँदै आएको यस अस्पतालबाट न्यून आय भएका सर्वसाधारणको उपचारमा मद्दत मिलोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको मेगा बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari