stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सनराइज बैंकद्वारा अटिजम सम्बन्धि संस्थालाई सहयोग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वमा सक्रिय रुपमा अघि बढिरहेको सनराइज बैंकले देशव्यापी रुपमा एक पछि अर्को कार्यक्रम गर्दै गइरहेको छ।

यसै क्रममा बैंकले जडिबुटी नरेफाटमा अवस्थित अटिजम भएका बालबालिकाको लागि संचालित गैर नाफामूलक संस्था“विशेष स्कुल तथा पुनस्थापना केन्द्र’’लाई सहयोग गरेको छ ।

 

बुधबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले संस्थाका अध्यक्ष सबिता उप्रेतिलाई रु।एक लाख पचास हजारको चेक हस्तान्तरण गरिन । बैंकले उक्त रकम संस्थाको नयाँ भवन निर्माणको लागि प्रदान गरेको हो ।

नेपाल लगायत विश्वव्यापी रुपमा अटिजम बढ्दै गइरहेको हालको परिप्रेक्षमा करिब १०० मा १ को अनुपातमा अटिजम रहको अनुमान छ । उक्त कार्यक्रमा अटिजम कुनै रोग नभइ अवस्था भएको र यस अवस्थालाई व्यक्ति र समाजले बुझेर अगाडी बढ्न जरुरी रहेको विषयमा समेत चर्चा भएको थियो ।

पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिदैं सन्राइज बैंकले देशव्यापी रुपमा शिक्षा, स्वास्थ्य, बैंकिङ साक्षयरता, वातावरण संरक्षण लगायतका विषयमा चरणबद्ध रुपमा कार्यक्रमहरु गर्दैे आइरहेको छ ।

prabhu mahalaxmi
kumari