citizens life insurance long ad
stcnepal long ad

साउदी अरेबियाको बैंक अलबिलादसँग कुमारी बैंकले सहकार्य गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंकले विप्रेषण सेवा सहज बनाउन साउदी अरेबियाको बैंक अलबिलादसँग सहकार्य गरेको छ । उक्त रेमिट्यान्स सेवाको औपचारिक शुभारम्भसँगै ग्राहकले बैंक अलबिलाद, साउदी अरेयिबाको एन्जाजएप, एन्जाज सेन्टर, अलबिलादका विद्युतीय प्रणाली, अलबिलाद एटिएम, एन्जाज प्वाइन्ट अफ सेल डिभाइस र एन्जाज सेल्फ–सर्भिस मेसिन मार्फत बाट सुलभ दरमा नेपाल पैसा पठाउन र कुमारी बैंकको देशव्यापी शाखा सञ्जाल लगायत कुमारी रेमिटका नेपालभरका १६ हजारभन्दा बढी भुक्तानी केन्द्र मार्फत रकम प्राप्तगर्न सक्नेछन्।

साथै, बैंक अलबिलाद मार्फत ग्राहकहरुले नेपालको कुनै पनि बैंक खातामा पैसा तुरुन्तै जम्मा गर्न सक्नेछन्। सो सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा बैंक अलबिलाद काएफआई प्रमुख मोहम्मद अल फुरैहले हस्ताक्षर गरे।

 

सो सम्झौता पश्चात् नेपाल र साउदी अरेबियाका दुई बैंक बीचको साझेदारीले बैंकिङ प्रणाली मार्फत विप्रेषण रकम ल्याउने र नेपालमा साउदीको लगानी भित्र्याउन मद्दत पुग्ने विश्वास कुमारी बैंकले लिएको छ।

नेपालमा लगानीको अनुकूल वातावरण रहेको बताउँदै खनालले दुई बैंकको साझेदारीले नेपालमा विभिन्न क्षेत्रमा साउदीको लगानी प्रवर्द्धनमा समेत सहयोग पुग्ने बताए।

दुई बैंकहरूबीचको यस साझेदारीले रेमिट्यान्स सेवालाई सहजबनाउने र औपचारिक बैंकिङ प्रणालीहरू मार्फत साउदीबाट आउने विप्रेषण रकम नेपालमा प्राप्त हुनेछ।

IME Life
kumari