citizens life insurance long ad
stcnepal long ad

डिजिटल नेपालका लागि विश्व बैंकबाट १४ करोड डलर ऋण सहायता अनुमोदन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विश्व बैंकले डिजिटल नेपाल परियोजनाका लागि १४ करोड अमेरिकी डलर बराबर ऋण सहायता अनुमोदन गरेको छ ।

यसले ब्रोडब्याण्डमा पहुँच विस्तार गर्न र डिजिटल अर्थतन्त्रमा थप जनसंख्यालाई संलग्न गराउनका मद्दत गर्ने विश्व बैंकले जनाएको छ ।

 

 

विश्व बैंकका अनुसार यस मार्फत नेपालको डिजिटल रुपान्तरणमा १० लाख मानिसहरु ब्रोडब्यान्डमा जोडिने छन् ।

यस परियोजनाले नेपाल सरकारले सन् २०१९ मा ल्याएको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सहयोग गर्नेछ ।

परियोजनाले विशेषगरी ग्रामीण क्षेत्रका मानिस र व्यवसायहरुलाई उच्च गुणस्तरीय ब्रोडब्यान्ड सेवाहरुमा सहज पहुँचका लागि सहयोग पुर्याउने विश्व बैंकले जनाएको छ ।

परियोजनाले डिजिटल सीप विकास तालिममार्फत करिब १ हजार ५०० जनालाई रोजगारीको अवसर सिर्जना गर्ने पनि विश्व बैंकको भनाई ।

IME Life
kumari