stcnepal long ad
global ime bank long

गरिमा विकास बैंकले महिना व्यापी वित्तिय जागरण कार्यक्रम सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ‘वित्तिय जागरुपता, आजको आवश्यकता’लाई मूल नारा बनाई यस गरिमा विकास बैंकले आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट जेठ महिनाभर विभिन्न विद्यालय, कलेज, अफिस लगायतका स्थानमा बैंक तथा वित्तिय संस्था सम्बन्धी बृहत वित्तिय जागरण कार्यक्रमको सफल आयोजना गरेको छ ।

जेठ महिना भरी चलेको यस वित्तिय जागरण कार्यक्रम अन्तर्गत यस गरिमा विकास बैंकको सबै १२० शाखाले दुईवटा वित्तिय जागरणका कार्यक्रम आयोजना गरेको थियो ।

 

 

जस अन्तर्गत, यस कार्यक्र्रममा बैंकले दिने सेवा तथा सुविधाहरु, बचत गर्नुको फाईदा, वित्तिय सल्लाहसुझाव एवं डिजिटल बैकिङ्गका फाईदाहरुको बारेमा विस्तृत चर्चा तथा परिचर्चा भएको थियो ।

हरेक कायक्रममा बैंक तथा वित्तिय संस्था सम्बन्धी जान्न चाहनेहरुको सहभागीता उल्लेखनिय रहेको थियो । भव्य एवं सभ्य तरिकाले सम्पन्न महिनाव्यापी वित्तिय जागरण कार्यक्रमले हरेक जनतामाझ वित्तिय जागरुपता फैलाउन मद्धत पुग्ने आशा राखिएको छ ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।

IME Lifesidebar
kumari