citizens life insurance long ad
stcnepal long ad

वाणिज्य बैंकहरुले असार महिनामा पनि ब्याजदर बढाएनन्

वाणिज्य बैंकहरुले असार महिनामा पनि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत नै ब्याजदर दिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाको लागि  मुद्दति निक्षेपको ब्याजदर बढाएका छैनन् । बैंकर संघको निर्णय अनुसार नै जेठ महिनाको ब्याजदरलाई नै असारमा पनि निरन्तरता दिइएको हो ।

ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत वृद्धि हुने भएपछि बैंक तथा वित्तीय संस्थाले असारका लागि पनि जेठकै ब्याजदरलाई निरन्तरता दिन संघले भनेको थियो ।

 

जेठ महिनामा बैंकहरुले व्यक्तिगत मुद्दतिमा ११.०३ प्रतिशत दिने जनाएका थिए । जस अनुसार वाणिज्य बैंकहरुले असार महिनामा पनि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत नै ब्याजदर दिनेछन् । बैंकहरुले फागुन महिनादेखि नै यहि ब्याजलाई निरन्तरता दिंदै आएका छन् ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले हरेक महिनाको अन्तिममा आगामी महिनाका लागि कर्जा र निक्षेपको ब्याजदर प्रकाशन गर्नु पर्नेछ ।

सोही निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले असारका लागि आज ब्याजदर प्रकाशन गरेका छन् ।

IME Life
kumari