वाणिज्य बैंकहरुले असार महिनामा पनि ब्याजदर बढाएनन्
वाणिज्य बैंकहरुले असार महिनामा पनि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत नै ब्याजदर दिने
काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर बढाएका छैनन् । बैंकर संघको निर्णय अनुसार नै जेठ महिनाको ब्याजदरलाई नै असारमा पनि निरन्तरता दिइएको हो ।
ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत वृद्धि हुने भएपछि बैंक तथा वित्तीय संस्थाले असारका लागि पनि जेठकै ब्याजदरलाई निरन्तरता दिन संघले भनेको थियो ।
जेठ महिनामा बैंकहरुले व्यक्तिगत मुद्दतिमा ११.०३ प्रतिशत दिने जनाएका थिए । जस अनुसार वाणिज्य बैंकहरुले असार महिनामा पनि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत नै ब्याजदर दिनेछन् । बैंकहरुले फागुन महिनादेखि नै यहि ब्याजलाई निरन्तरता दिंदै आएका छन् ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले हरेक महिनाको अन्तिममा आगामी महिनाका लागि कर्जा र निक्षेपको ब्याजदर प्रकाशन गर्नु पर्नेछ ।
सोही निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले असारका लागि आज ब्याजदर प्रकाशन गरेका छन् ।































