दुई सातामा वाणिज्य बैंकहरुमा १३ अर्ब निक्षेप थपिए
काठमाडौं । स्थानीय तहको चुनाव सकिएसँगै बैंकहरुको निक्षेप संकलन बढ्न थालेको छ । चुनावपछिको दुई सातामा वाणिज्य बैंकहरुमा १३ अर्ब निक्षेप थपिएको छ ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार वैशाख ३० गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप रहेकोमा जेठ १३ गतेसम्म आउँदा ४३ खर्ब ८३ अर्ब पुगेको छ । चुनाव सकिएपछिको पहिलो साता निक्षेप ७ अर्ब बढेको थियो ।
त्यस्तै बैंकहरुको कर्जा पनि सामान्य बढेको छ । एसोसिएसनको तथ्यांकअनुसार जेठको दुई सातामा ७ अर्ब थप कर्जा प्रवाह भएको छ ।
वैशाख ३० गतेसम्म ४१ खर्ब ९१ अर्ब रुपैयाा कर्जा प्रवाह भएकोमा जेठ १३ गतेसम्म ४१ खर्ब ९८ अर्ब पुगेको छ । तथापि, केन्द्रीय बैंकको जेठ १६ गतेसम्मको तथ्यांकअनुसार बैंकहरुको सीडी रेसियो ९०.११प्रतिशतछ ।























