मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आज सार्वजनिक हुँदै
अबको केही समयमा मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा आज शुक्रबार जेठ १३ गते सार्वजनिक गर्दैछ ।
राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले अबको केही समयमा मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्ने जानकारी दिए ।
उनले भने, ‘अबको केही समयमा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा राष्ट्र बैंकको वेव साइटमा अपलोड हुन्छ ।’ चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाले तरलतालाई सहज पार्ने नीति लिने राष्ट्र बैंकका एक अधिकारीले बताए ।
१३ जेठ २०७९, शुक्रवार १३:३३ बजे प्रकाशित