stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

देशभर बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाताको सङ्ख्या छ करोड नाघ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । देशभर बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाताको सङ्ख्या छ करोड नाघेको छ । कर्जा खाता भने २० लाख आसपासमा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनासम्म निक्षेप खाताको सङ्ख्या छ करोड १७ लाख ७९ हजार ८७२ पुगेको छ भने कर्जा खाता २० लाख २४ हजार २८० पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा निक्षेप खाता सङ्ख्या ३८ करोड ५४ हजार ७७ ले बढी हो । यस्तै कर्जा खाताको सङ्ख्या पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९८ हजार ५५६ ले बढी हो ।

निक्षेप खाता वाणिज्य बैङ्कमा पाँच करोड ३० लाख २३ हजार ४३८ रहेको छ भने विकास बैङ्कमा ७६ लाख ८९ हजार ६२६ तथा वित्त कम्पनीमा १० लाख ६६ हजार ८०८ रहेको छ ।

यस्तै कर्जा खाता सङ्ख्या पनि वाणिज्य बैङ्कमा १६ लाख ७८ हजार ४०६ रहेको छ भने विकास बैङ्कमा दुई लाख ६८ हजार ८५९ तथा वित्त कम्पनीमा ७७ हजार १५ रहेको छ । समीक्षा अवधिमा राष्ट्र बैङ्कबाट इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या ९लघुवित्त वित्तीय संस्थासमेत० १०६ रहेका छन् ।

जसमध्ये २० वाणिज्य बैङ्क, १७ विकास बैङ्क, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैङ्क सञ्चालनमा रहेका छन् ।

यस्तै बैङ्क तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्था समेत) को शाखा सङ्ख्या २०८२ असार मसान्तमा ११ हजार ५२६ रहेकोमा २०८२ पुस मसान्तमा ११ हजार ५०३ पुगेको छ ।

देशभर बैङ्क तथा वित्तीय संस्थाका शाखा सङ्ख्या भने पछिल्लो समय खुम्चिँदै आएको छ । अघिल्लो वर्ष असार मसान्तमा ११ हजार ५३० रहेकोमा यस वर्षको असार मसान्तमा ११ हजार ५२६ मा झरेको थियो भने पुस मसान्तमा आइपुग्दा त्यो सङ्ख्या अझै घटेर ११ हजार ५०३ मा आइपुगेको हो ।

prabhu mahalaxmi
kumari