stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

फोनपे सेवा लिएका बैंक तथा वित्तीय संस्थाको भुक्तानी प्रणाली प्रभावित हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । एफ वान सफ्ट ग्रुप अन्तर्गतको डिजिटल भुक्तानी सेवा ‘फोनपे’ आज ९मंसिर १७० केहि समयका लागि अवरुद्ध हुने भएको छ। नेटवर्कको डिजास्टर रिकभरी ड्रिल सञ्चालन गर्न लागिएकोले सेवामा प्रभाव पर्ने भएको हो।

लक्ष्मी सनराइज बैंकका अनुसार फोनपे सेवा बुधबार बिहान १२स्३० बजेदेखि ५स्३० बजेसम्म अवरुद्ध हुनेछ। बैंकले करिब एक घण्टासम्म क्यूआर भुक्तानी, बिल भुक्तानी, रकमान्तर तथा मर्चेन्ट भुक्तानीसहितका सबै सेवामा बाधा आउने उल्लेख गरेको छ।

सो अवधिमा रकमान्तर तथा भुक्तानीका लागि कनेक्ट आइपीएस, नेपाल पे डेबिटरक्रेडिट कार्ड, पीओएस लगायतका वैकल्पिक माध्यम प्रयोग गर्न बैंकले आग्रह गरेको छ।

यस्तै, माछापुच्छ्रे बैंकले पनि सोही दिन फोनपे क्यूआर सेवा प्रयोग नगर्न आग्रह गरेको छ। बैंकले जारी गरेको सूचनामा स्विच सेवा प्रदायक नेपाल क्लियरिङ हाउस लिमिटेडले इएफटी कार्ड स्विचलाई नेपाल पे ट्रान्जिसन सपोर्टका लागि आवश्यक मेन्टेनेन्स अपग्रेड गर्ने भएकाले सेवा अवरुद्ध हुने जनाइएको छ।

माछापुच्छ्रे बैंकको सेवा बुधबार बिहान २स्०० बजेदेखि ३स्०० बजेसम्म रोकिँने भए पनि मोबाईल बैंकिङ र इन्टरनेट बैंकिङ भने यथावत सञ्चालन हुने बैंकले उल्लेख गरेको छ।

prabhu mahalaxmi
kumari