citizens life insurance long ad
stcnepal long ad

गभर्नर पौडेलद्वारा अर्थमन्त्री खनालसमक्ष वार्षिक प्रतिवेदन पेश

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

अर्थ मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमकाबीच गभर्नर पौडेलले उक्त प्रतिवेदन पेश गरेका हुन् ।

गभर्नर पौडेलले प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक स्थिति, राष्ट्र बैंकले सम्पादन गरेका कार्यहरू र आगामी आर्थिक वर्षका लागि मौद्रिक तथा वित्तीय नीतिहरूको दिशाको बारेमा विस्तृत जानकारी समावेश गरिएको बताए ।

विश्वव्यापी आर्थिक परिदृश्य र त्यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभावको विश्लेषण समेत प्रतिवेदनमा समेटिएको उनले उल्लेख गरेका छन् ।

IME Life
kumari