stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुन सक्ने विश्व बैंकको प्रक्षेपण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर घटेर ऋणात्मक सम्म पुग्न सक्ने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

विश्व बैंकले सार्वजनिक गरेको साउथ एसिया डेभलपमेन्ट अपडेट अनुसार सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरिएको हो । नेपालको आर्थिक वृद्धिदर खुम्चिन सक्ने कारणहरुमा जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिलाई मुख्य मानिएको छ ।

राजनीतिक तथा आर्थिक अनिश्चितताका कारण आर्थिक वृद्धिदर घटेर २.१ प्रतिशतमा झर्ने र त्यसपछि पनि परिस्थिति सम्हालिन नसकेको खण्डमा १.५ देखि २.६ प्रतिशतको ऋणात्मक रहन सक्ने विश्व बैंकको प्रक्षेपण छ ।

ऋणात्मक बन्न सक्ने कारणहरुमा अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमनमा तीव्र गिरावट, जेनजी आन्दोलनपछि सम्पत्तिको नोक्सानीले बीमा उद्योगलाई पार्ने असर, लगानीकर्ताको मनोबलमा गिरावट आई आन्तरिक तथा बाह्य लगानी प्रभावित हुन सक्ने अवस्थालाई लिइएको छ ।

यस्तै, खराम मौसमका कारण धान उत्पादनमा आउने कमीले पनि आर्थिक वृद्धिदर घटाउन भूमिका खेल्ने आँकलन गरिएको छ ।

IME Lifesidebar
kumari