stcnepal long ad
ime life insurance
national life
global ime bank long

इमानद्वारा ‘फ्युचर बैंकिङ’ डायलग कार्यक्रम सफलतापूर्वक सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) द्वारा आयोजित ‘फ्युचर बैंकिङ’ विषयक इमान डायलग कार्यक्रम आज काठमाडौंमा भव्यतापूर्वक सम्पन्न भएको छ ।

नेपालको बैंकिङ क्षेत्रको भविष्य, आर्थिक सुधार र डिजिटल प्रविधिको एकीकरणमा केन्द्रित यो कार्यक्रममा नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।

विशेष अतिथिका रूपमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा र प्रख्यात अर्थ विश्लेषक अनलराज भट्टराईलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डा. निलम ढुंगानाले नेपालको अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएको बताउँदै हालको न्यून ब्याजदर लगानीका लागि उपयुक्त समय भएको उल्लेख गरिन् ।

उनले भनेकी छन्, “बजेटले निर्धारण गरेको प्राथमिकताका आधारमा नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति अवलम्बन गरेको छ । यो नीतिलाई सरोकारवालाहरूले अधिकतम उपयोग गरी आर्थिक विकासमा योगदान पुर्‍याउनुपर्छ ।”

IME Lifesidebar
kumari