citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुन्छ : अध्यक्ष ढकाल

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुनसक्ने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ढकालले सरकारले क्षेत्रका मुद्दाहरू सम्बोधन गरेर व्यवसायीक गतिविधि बढ्यो भने मात्रै आर्थिक सुधार हुने बताए । अ

ध्यक्ष ढकालले आर्थिक गतिविधि र रोजगारी सिर्जना, राजश्व वृद्धि र समग्र आर्थिक विकासको लागि निजी क्षेत्रले काम गर्नसक्यो र काम गर्ने वातावरण सबै क्षेत्रले दिनसक्यो भने मात्रै सम्भव रहेको उल्लेख गरे ।

अध्यक्ष ढकालले निजी क्षेत्रलाई व्यवसायी वातावरण बनाउन सरकारले विद्यमान ऐन कानुनहरूलाई परिमार्जन गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष ढकालले उद्योग वाणिज्य, भन्सार, वन लगायतका विद्यमान ऐन कानुन र नीतिहरू परिमार्जन नभएसम्म आर्थिक गतिविधि बढाउने र लगानीको वातावरण बन्न नसक्ने दाबी गरे ।

उनले सरकारले बनाएको उच्चस्तरीय आर्थिक सुधार आयोगले विद्यमान ऐनहरु सुधारको लागि सुझाव दिने बताए ।

gold
himalayan life insurance long ad