stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

आन्तरिक राजश्व विभागले आयकर बुझाउने म्याद थप्यो 

अब पुस मसान्तसम्म समय

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०/०८१ को आयकर दाखिलाको म्याद थप गर्दै करदातालाई पुस मसान्त भित्र आयकर दाखिला गर्न आग्रह गरेको ।

विभागले एक सूचना निकाल्दै निजी क्षेत्रका विभिन्न व्यवसायिकरव्यापारिक छाता संगठनहरु तथा करदाताहरुबाट समेत आय विवरण पेस गर्ने म्याद २०८१ पुस मसान्तसम्म कायम गरिदिन भनी अनुरोध आएकाले म्याद थप गरेको जनाएको छ ।

आयकर ऐनको दफा ९६ मा प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको ३ महिनाभित्र उक्त वर्षको आय विवरण विभागले तोकेको स्थानमा दाखिला गर्नुपर्ने व्यवस्था छ ।

सोही ऐनको दफा ९८ मा दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नुपर्ने व्यक्तिको आग्रहमा विभागले एकैपटक वा पटक–पटक गरी बढीमा ३ महिनासम्म म्याद थप गर्न सक्ने व्यवस्था छ ।

आन्तरिक राजस्व विभागले गत असोज ४ को निर्णय अनुसार वार्षिक १ करोडसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने व्यवस्था छ । तर, वार्षिक २५ करोडसम्म कारोबार भएका निकाय र अन्य करदाताहरुका सम्बन्धमा मंसिर मसान्तसम्म मात्र म्याद थप हुनेछ । यस्तै, वार्षिक २५ करोडभन्दा बढीको कारोबार गर्ने करदाताहरूको सम्बन्धमा पुस २० गतेसम्म मात्र म्याद थप हुने सूचना विभागले जारी गरेको थियो ।

सोही सूचना अनुसार म्याद थपको निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट परेको थियो । सोमबार न्यायाधीश हेमन्त रावलको एकल इजलासले आय विवरण दाखिला गर्ने आन्तरिक राजस्व विभागको गत असोजको सूचना कार्यान्वयन नगर्न प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, राजस्व अनुसन्धान विभागलगायत निकायलाई आदेश दिएको हो ।

कारोबारका आधारमा तोकेको आय विवरण दाखिला गर्ने म्याद थपसम्बन्धी आन्तरिक राजस्व विभागको गत असोजको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको हो ।

kumari bank
kumari
nawakantipur long