stcnepal long ad
global ime bank long

उच्च करदातालाई नेपाल उद्योग परिसङ्घको सम्मान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल उद्योग परिसङ्घले यस वर्षको राष्ट्रिय कर दिवसका अवसरमा नेपाल सरकारबाट सम्मानित हुनुभएका उच्च करदाताहरुलाई सम्मान गरेको छ ।

सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ जना संस्था तथा व्यक्तिलाई उच्च करदाताका रुपमा सम्मान गरेको थियो । सम्मानितमध्ये दुई वटा सरकारी लगानी रहेका कम्पनी छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसङ्घले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो ।

आज परिसङ्घ सचिवालयमा आयोजित सम्मान कार्यक्रममा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदातालाई सम्मान गर्नुभएको हो । उहाँले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धि मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान भएको बताउनुभयो ।

योगदानको कदर गर्दै उत्पादनमुलक तथा सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्थाका रुपमा परिसङ्घले उच्च करदातालाई सम्मान गरेको उहाँले बताउनुभयो ।

राष्ट्रिय कर दिवसमा आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यात कारोबारमध्येबाट डाबर नेपाल, एकलौटी फर्ममध्येबाट श्रुती ट्रेडर्स, सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोबार गर्ने कोडावतार, कृषि एवं पशुुपंछीजन्य उद्योगबाट पतञ्जली आयुर्वेद, बैंक तथा वित्तीय संस्था र बिमाबाट नबिल बैंकलाई परिसङ्घले सम्मान गरेको हो ।

स्वास्थ्य तथा शैक्षिक संस्थाबाट लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, पर्यटन क्षेत्रबाट तारागाउँ रिजेन्सी होटेल, वस्तु व्यापारतर्फबाट भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर, ऊर्जामुलक उद्योगबाट भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई सम्मान गरिएको हो ।

यसैगरी विसंं २०७५ साउनदेखि २०८१ साल असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिबृद्धि कर र विवरण र सो अवधिको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिबृद्धि कर दाखिला गर्ने होङ्सी शिवम् सिमेन्ट, वार्षिक कारोबार रकम रु ५० करोडसम्म कारोबार गर्ने करदातामध्ये आव २०७९/८० को आयविवरण अनुसार सबैभन्दा बढी आयकर तिर्ने सोल्टी इन्टरप्राइजेज्, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने वरुण वभरेज नेपाल र व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आय कर तिर्ने जावलाखेल गु्रप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई परिसङ्घले सम्मान गरेको छ ।

कार्यक्रममा परिसङ्घ वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, गभर्निङ्ग काउन्सिल सदस्यद्वय विजयकुमार शाह, शशिकान्त अग्रवाल, पदाधिकारी सदस्य छाया शर्मा, महानिर्देशक डा घनश्याम ओझालगायत उपस्थित हुनुहुन्थ्यो ।

IME Lifesidebar
kumari