stcnepal long ad
global ime bank long

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापनका लागि आज फेरि ५० अर्ब रुपैयाँ खिच्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापनका लागि आज फेरि ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । निक्षेप बढिरहेको बेला कर्जाको माग बढ्न नसक्दा वित्तीय प्रणालीमा तरलता थुप्रिएको हो ।

यही तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आइतबार वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम खिच्न लागेको हो ।

अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनु पर्छ । अहिले ३ प्रतिशतभन्दा तल झरेकाले फेरि बजारबाट पैसा झिक्न लागेको हो ।

निक्षेप संकलन खरिदका लागि आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको छ ।

घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

 

IME Lifesidebar
kumari