stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

अब सुनचाँदी धितोमा कर्जा लिँदा  ५०  लाख  रुपियाँसम्म  मात्रै कर्जा लिन पाइने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ  ।  अब सुनचाँदी धितोमा कर्जा लिँदा  ५०  लाख  रुपियाँसम्म  मात्रै कर्जा लिन पाइने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै बैङ्क तथा वित्तीय संस्थाबाट सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरेको हो ।

एकीकृत निर्देशनका अनुसार यसअघि प्रवाह भएको सुनचाँदी धितो कर्जाको हकमा भने २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरिसक्नुपर्ने भएको छ ।

“सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरिएको छ । यसअघि प्रवाह भएको कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरिसक्नुपर्ने छ,” एकीकृत निर्देशनमा भनिएको छ ।

कुनै व्यक्तिलाई सुनचाँदी धितो कर्जा प्रवाह गर्दा त्यस्तो ऋणीले धितोस्वरूप दिएको सुन वा चाँदी जाँच गरी  कर्जा सुरक्षित रहेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नुपर्ने एकीकृत निर्देशनमा भनिएको छ ।

कर्जा प्रवाह गर्दा ऋणिले धितोस्वरूप दिएको सुनचाँदी एउटै थैलीमा राखिएको हुनुपर्ने एकीकृत निर्देशनमा उल्लेख छ ।

कुनै ऋणीले दिएको एकभन्दा बढी थैलीहरू वा एकभन्दा बढी थैली राखिएको एउटा थैली मात्र धितो राखी वा सुनचाँदीको परीक्षण जाँच नगरी सुनचाँदी धितो कर्जा प्रवाह भएमा त्यस्तो कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने एकीकृत निर्देशनमा उल्लेख छ ।

सेयर धितो कर्जामा नयाँ व्यवस्था

बैङ्क तथा वित्तीय संस्थाले मार्जिन कल गर्दा सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयरहरू सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर सङ्ख्यामा गणना गर्न सक्ने भएका छन् ।

राष्ट्र बैङ्कले सेयरधितो कर्जाको मार्जिन कलमा थप नयाँ व्यवस्था गर्दै बैङ्क तथा वित्तीय संस्थाका लागि परिपत्र जारी गर्दै मार्जिन कल गर्दा सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयरहरू सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर सङ्ख्यामा गणना गर्न सकिने व्यवस्था गरेको हो ।

सेयरको बजार मूल्यमा हुने परिवर्तनका कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्ने व्यवस्था एकीकृत निर्देशनमा छ ।

“इजाजतपत्रप्राप्त संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा सेयर बिक्री गरी असुलउपर गर्नेसम्बन्धी व्यवस्था स्पष्ट रूपमा सम्बन्धित प्रड्क्ट पेपरमा उल्लेख गर्नुपर्ने छ ।

मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयरहरू सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर सङ्ख्यामा गणना गर्न सकिने छ,” एकीकृत निर्देशनमा भनिएको छ ।

prabhu mahalaxmi
kumari