नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट नसाट्ने
काठमाडौँ । यस पटकको दशैंमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने बताए ।
राष्ट्र बैंकले हरेक दशैं तिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै आएको थियो । नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो, तर सकेको थिए ।
उक्त योजना यस पटकको दशैंबाट लागू गरिने डा। पोखरेलले जानकारी दिए । दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ ।
यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ । नेपाली बजारमा अहिले ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ ।