stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकमा बैंकहरूको साढे तीन खर्ब रकम, ४० अर्ब थप तान्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) बैंकिङ प्रणालीबाट थप ४० अर्ब रूपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणबाट यतिको रकम झिक्न लागेको हो।

बोलकबोलबाट यसको ब्याज निर्धारण हुनेछ। यसको सावाँ तथा ब्याज भुक्तानी आगामी भदौ १२ गते हुनेछ।

यसअघि गत साउन १६ गते पनि २१ दिने निक्षेप संकलनको माध्यमबाट राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब तानेको थियो।

भदौ ५ गते सावाँ तथा ब्याज भुक्तानी हुने यो उपकरणमा बैंकहरूले औसत २.९९ प्रतिशत ब्याज मागेका थिए।

साउन २२ गतेसम्म राष्ट्र बैंकले बैंकहरूबाट तानेको र भुक्तानी दिन बाँकी रकम तीन खर्ब ५८ अर्ब रूपैयाँ छ।

prabhu mahalaxmi
kumari