citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

मेची भन्सारबाट ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

kumari bank
Prabhu Insurance Long Ad
global bank

भद्रपुर । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा एघार अर्ब ५९ करोड ३७ लाख ३४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष एक करोड ८७ लाख १३ हजार रुपैयाँ कम राजस्व सङ्कलन भएको हो ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको वैशाखसम्म गत आवको तुलनामा चियामा १६ दशमलव १२ र अलैँचीमा चार दशमलव ६५ प्रतिशत निर्यात घटेको छ ।

उनले भने, ‘पछिल्लो समय भेनियस सिटसहित फलामको पाता, प्लाइउड, छुर्पी, अम्रिसो, अदुवालगायतका निर्यात बढेको छ ।’

भन्सार कार्यालय काँकडभिट्टाका अनुसार पेट्रोल, फलामका सामग्री र फलफूलको जुस लगायतको आयातमा सामान्य वृद्धि भए पनि डिजेल, तरकारी, जुट, जिप्सम, कपडा एलपिजी लगायतका सामग्रीको आयात गत आवको पहिलो दश महिनाको तुलनामा घटेको हो ।

भन्सार कार्यालय काँकडभिट्टामा चालु आवको वैशाखसम्ममा गत आ.व.को तुलनामा आयात आठ दशमलव २४ प्रतिशतले घटेको हो । निर्यात ११ दशमलव ३८ प्रतिशतले बढेको सूचना अधिकारी कँडेलले जानकारी दिए ।

उनका अनुसार पछिल्लो दश महिनामा ३६ अर्ब ५३ करोड ७० लाख ३८ हजार बराबरका वस्तु आयात  भएको छ  भने २० अर्ब २६ करोड ७८ लाख १८ हजार मूल्य बराबरका सामग्री निर्यात भएको छ ।

gold
himalayan life insurance long ad