stcnepal long ad
global ime bank long

भारतीय बैंकिङ क्षेत्रप्रति इक्राको दृष्टिकोण परिवर्तन, नाफा र कर्जामा असर पर्ने अनुमान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

रेटिङ एजेन्सी इक्राले बुधबार भारतीय बैंकिङ क्षेत्रहरुका लागि आफ्नो दृष्टिकोण वित्त वर्ष २०२४/२५का लागि सकारात्मकबाट स्थिर श्रेणीमा रहेको छ।

बैंकको कर्जा वृद्धि र नाफा घट्न सक्ने इक्राले अनुमान गरेको छ। तर, समग्र क्षेत्रको अवस्था राम्रो रहने अपेक्षा उसले गरेको छ।

इक्राका उपाध्यक्ष तथा क्षेत्र प्रमुख सचिन सचदेवाले निक्षेप परिचालनमा कठिनाइ र नियामक उपायका कारण उपभोक्ता कर्जाको वृद्धि सुस्त हुन सक्ने बताए।

गैरबैंकिङ फाइनान्स कम्पनीहरु (एनबीएफसी) को उपभोक्ता ऋण वित्त वर्ष २०२४ मा भारु २२ लाख करोडबाट २०२५ मा भारु १९ लाख करोडदेखि २०।५ लाख करोडमा घट्न सक्ने इक्राको अनुमान छ।

वर्ष २०२४ मा कर्जा विस्तार अहिलेसम्मकै उच्च थियो। एक वर्षअघिको तुलनामा आर्थिक वर्ष २०२५ मा वृद्धि १६.३ प्रतिशतबाट घटेर ११.७ देखि १२.५ प्रतिशतमा सीमित हुने इक्राले जनाएको छ।

विगत १८ महिनामा भारतको बैंकिङ क्षेत्रको ब्याज मार्जिनमा आएको गिरावट निक्षेप लागत बढेको र वित्त वर्ष २०२५ को दोस्रो त्रैमासमा दर कटौतीको अपेक्षाले मार्जिनलाई दबाब दिन सक्ने इक्राको अनुमान छ।

इक्राले ऋण खाता वृद्धिले राम्रो आम्दानी गर्ने अपेक्षा गरेको छ। जुन धेरै बैंकको नियामक र विकास पुँजी आवश्यकता पूरा गर्न पर्याप्त हुने इक्राले जनाएको छ।

एचडीएफसी र एचडीएफसी बैंकको मर्जरबाहेकका बैंकहरुका लागि क्रेडिट निक्षेप अनुपात ९सीडी अनुपात० २०२४ मार्च २२ सम्म ७८ प्रतिशतमा वृद्धि हुने अनुमान गरिएको छ।

यो अनुपात डिसेम्बर २१, २०१८ मा ७७.९ प्रतिशत र गत वर्ष २४ मार्चको ७५.७ प्रतिशतभन्दा बढी हो।

IME Lifesidebar
kumari