stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्रिय वाणिज्य बैंकले ’आरबीबीएल व्यवस्थापन सम्मेलन २०२४’ आयोजना गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘दिगो बैंकिङ वृद्धिको लागि गुणस्तर अभिवृद्धि’ का लागि आरबीबीएल व्यवस्थापन सम्मेलन २०२४ आयोजना गर्ने भएको छ ।

हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमा अर्थविद्, बैंकिङ विज्ञ तथा उद्यमीहरुका बीचमा ब्यापक छलफल गरी बैंकिङ क्षेत्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ विकासका लागि दिशा निर्देश गर्न बैंकले आरबीबीएल व्यवस्थापन सम्मेलन २०२४ आगामी चैत ३ गते, शनिबार काठमाडौं आयोजना गर्न लागेको हो ।

नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यतामा हुन लागेको आरबीबीएल व्यवस्थापन सम्मेलन २०२४ मा अर्थविद् एवं डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिर आ–आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी भवानी राणा, अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ, बरिष्ठ बैंकर्स परशुराम कुंवर, भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ संजिव सुब्बा, कमनसेन्स विज्ञ सुजिब शाक्य लगायतले पनि विचार राख्ने छन् ।

कार्यक्रममा अर्थविद् डा. स्वर्णिम वाग्लेको कि नोट्स मन्तब्य हुने छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुंगानाको सभापतित्वमा सम्पन्न हुने कार्यक्रममा करिब ४५० जनाको उपस्थिति रहने छ ।

IME Lifesidebar
kumari