citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १४ करोड रुपैयाँ लगानी गर्ने

राष्ट्र बैंकले २०८० चैत २ गतेदेखि २०८१ चैत १ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १४ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ ।

राष्ट्र बैंकले २०८० चैत २ गतेदेखि २०८१ चैत १ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले फागुन १८ गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ११ करोड २० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २ करोड १० करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७० लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्थाको निष्कृर्य कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको हुनुपर्नेछ ।

यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने, कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमाभित्र हुनुपर्ने लगायतका शर्त केन्द्रीय बैंकले तोकेको छ ।

gold
himalayan life insurance long ad