citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मंसिर महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक

सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटेको छ ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । मंसिर महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटेको छ ।

माछापुच्छ्रे बैंकको मात्र मुद्दति निक्षेपको ब्याजदर बढेको छ । ६ वटाको भने कात्तिक महिनाकै यथावत रहेको छ । औसतमा २० वाणिज्य बैंकहरुले ०.३३ प्रतिशतले ब्याज घटाएका छन् ।

कात्तिक महिनामा यी बैंकहरुको औसत ब्याजदर ९.९६ प्रतिशत थियो । अहिले घटेर ९.६३ प्रतिशत कायम भएको छ ।

यता, सबैभन्दा धेरै एनआइसी एसिया बैंकले ब्याजदर घटाएको छ । कात्तिकमा ११ प्रतिशतसम्म ब्याज दिंदै आएको यस बैंकले मंसिरमा भने ८.९६ प्रतिशतसम्म ब्याज दिने भएको छ ।

सबै भन्दा धेरै हिमालयन बैंकले १०.६० प्रतिशत मुद्दति निक्षेपमा ब्याजदर तोकेको छ ।नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार हाल सीडी रसियो ८१.३१ प्रतिशतमा झरेको छ ।

त्यसैले, बैंकमा तरलता प्रसस्त रेहको देखिन्छ । निक्षेप संकलन बढ्दै गएपछि बैंकहरुले ब्याजदर घटाएका हुन् ।

 

himalayan life insurance
igi long