stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल पे इन्स्ट्यान्ट मार्फत निःशुल्क फन्ड ट्रान्स्फर गर्न सकिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालीहरुको महान पर्व दसैँ तथा तिहारका अवसरमा बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकले कात्तिक १ गतेदेखि कात्तिक ३० गतेसम्म लागि नेपाल पे इन्स्ट्यान्ट मार्फत निःशुल्क फन्ड ट्रान्स्फर गर्न सक्नेछन्।

नेपालपे इन्स्ट्यान्ट मार्फत ग्राहकले बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक वा कनेक्ट आईपीएसमा लाभग्राहीको रजिस्टर्ड मोबाइल नम्बरका आधारमा फन्ड ट्रान्सफर गर्न सक्दछन्।

हाल नेपाल पे इन्स्ट्यान्टको सुविधा कनेक्ट आईपीओ, बैंकका मोबाइल बैंकिङ एपहरु तथा सेलपे, हाम्रोपे र मोरुलगायतका वालेटहरुमा उपलब्ध रहेको छ।

नेपालपे इन्स्ट्यान्टमा लाभग्राहीको भर्चुअल प्राइफेट एड्रेस (भीपीएस) का आधारमा फन्ड ट्रान्सफर वा भुक्तानी गर्न सकिन्छ।

ग्राहकले लाभग्राहीको मोबाइल नम्बर प्रयोग गरेर फन्ड ट्रान्सफर गर्न सकिन्छ र यसका लागि बैंक खाताको विवरण आवश्यक पर्दैन।

नेपालपे इन्स्ट्यान्ट मार्फत फन्ड ट्रान्सफर गर्दा ग्राहकले नेटवर्क छनोट गरी लाभग्राहीको मोबाइल नम्बर प्रविष्ट गरेर मोबाइल बैंकिङ एप वा वालेट वा कनेक्टआईपीएसबाट ट्रान्सफर गर्न सक्छन्।

prabhu mahalaxmi
kumari