citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पाँच वाणिज्य बैंकको लाभांश घोषणा, सबैभन्दा बढी कुन बैंकले दिँदैछ ?

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हालसम्म पाँच वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चिति मुनाफाबाट लाभांश घोषण गरेका छन् ।

गत वर्षको मुनाफाबाट माछापुच्छ्रे बैंकले १४ प्रतिशत, सानिमा बैंकले १४.७० प्रतिशत, सिटिजन बैंकले ५.७९ प्रतिशत, एनआईसी एसिया बैंकले ३०.५२ प्रतिशत र एभरेष्ट बैंकले २०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

यही असोज १८ गते वार्षिक साधारण सभा बोलाइएको माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सबैभन्दा पहिला लाभांश घोषणा गरेको हो । जहाँ बैंकले १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

यस्तै, पाँच वटा वाणिज्य बैंकहरुमा सबैभन्दा बढी एनआईसी एसिया बैंकले ३०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले गत भदौ २८ गते ३०.५२ प्रतिशत अर्थात् तीन अर्ब ५३ करोड ६४ हजार ७९६ रुपैयाँ प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांशमा २९ प्रतिशत बोनस सेयर र १.५१ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) रहेको छ । दशैं अगावै वार्षिक साधारण सभाको तयारीमा रहेको एभरेष्ट बैंकले भदौ २८ गते २.५३ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद (कर सहित) लाभांश प्रस्ताव गरेको छ ।

त्यसैगरी, सानिमा बैंकले भदौ २८ गते आर्थिक वर्ष ०७९/८० को वितरण मुनाफाबाट आगामी वार्षिक साधारण सभामा स्वीकृतीका लागि १४.७० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

जहाँ बैंकले बोनस सेयरका लागि ९ प्रतिशत र नगद लाभांश ९कर प्रयोजन समेत० प्रस्ताव गरेको छ ।

यही असोज २८ गते वार्षिक साधारणसभा आव्हान गरेको सिटिजअन बैंकले ५.७९ प्रतिशतको हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२ रुपैयाँको लाभांश प्रस्ताव गरेको छ ।

बैंकहरुको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

 

himalayan life insurance
igi long