prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

श्री लालीगुराँस सहकारीको सुविधा बचत खाता सञ्चालनमा

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । श्री लालीगुराँस सहकारी संस्था लिमिटेडले २०७८ चैत्र १ गतेदेखि लागु हुने गरी बीमा सुविधा सहितको “श्री लालीगुराँस सुविधा बचत खाता” संचालनमा ल्यएको छ । यस खातामा न्यूनतम मौन्दात रु. २ लाख राखेर खाता संचालन गरेमा रु. ८ लाख सम्मको बीमा सुविधा प्राप्त गर्ने सुविधा प्रधान गरिएको सो सहकारी संस्थाले जनाएको छ ।

यस्तो बीमा सुविधा प्राप्त गर्नका लागि खाताको अवधि १ वर्षको हुनु पर्दछ । साथै न्यूनतम मौज्दातः दुई लाख हुनु पर्दछ र यस्तो मुद्दतीमा राखिएको रकमको ब्याज १४.५ प्रतिशत पाइने र
साबाँ र ब्याज नै एक वर्ष पश्चात एकमुष्ठ भुक्तानी गरिने सो सहकारीले जनाएको छ।

यस्तो खाताका ग्राहकहरूले मेडिकल इन्स्योरेन्स १ लाख,एक्सिडेन्ट् इन्स्योरेन्स २ लाख
क्रिटिकल आइलनेस इन्स्योरेन्स ५ लाख गरि कुल ८ लाखको इन्स्योरेन्स प्राप्त गर्ने जनाइएको छ।

साथै बचतकर्तालाई एटिएम तथा स्मार्ट मोबाईल बैंकिङ सुविधा समेत एक वर्षको लागि निःशुल्क प्राप्त गर्ने सो सहकारी संस्थाले  जनाएको छ।

८ चैत २०७८, मंगलवार १०:२४ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads