kumari bank
Prabhu Insurance
stcnepal long ad

नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं बार्षिक साधारण सभा तथा २४औं वार्षिकोत्सव समारोह २०७८ आश्विन १६ गते शनिबार धुम्बराही काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाको सभापतित्व तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के.वि. उप्रेतीको प्रमुख आतिथ्यता भएको साधारण सभा कार्यक्रममा संस्थाको सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले संस्थाको आ.ब. २०७७/०७८ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै आ.ब. २०७७/०७८ को असार मसान्त सम्ममा संस्थाको कुल निक्षेप रु. २ अर्ब ६१ करोड २९ लाख ३३ हजार २ सय ५ कायम भएको र कर्जा लगानी रु. १ अर्ब ५१ करोड ९५ लाख ३४ हजार ८ सय १६ पुगेको जानकारी दिएका थिए ।

त्यस्तै संस्थाको चुक्ता पूँजी रु. ७ करोड ५४ लाख १२ हजार ४ सय रहेको छ भने जगेडा तथा अन्य कोषहरुमा रु. १९ करोड १७ लाख ८८ हजार ५ सय ४५ रहेको छ । संस्थाको सञ्चालन बचत (मुनाफा) रु. ३ करोड २९ लाख २९ हजार ९ सय ८९ कायम भएको जानकारी दिएका छन ।

त्यसैगरि संस्थाले कोभिड राहत प्याकेज अन्तर्गत २ महिनाको हर्जना ब्याज मिनाहा गर्नुका साथै २०७८ आषाढ मसान्त सम्म संस्थामा ब्याज भुक्तानी गर्ने ऋणी सदस्यहरुलाई २०७८ जेठ महिनामा हिसाब भएको ब्याजको १० प्रतिशतको दरले रु. १३ लाख ४५ हजार ६ सय ८८ ब्याज छुट प्रदान गरेको समेत जानकारी गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के. वि. उप्रेतीले संस्थाको प्रगतिको शुभकामना व्यक्त गर्दै सहकारी संस्था सदस्यहरुको स्वायत्त संस्था भएकोले यसको विकास र नियमनको लागि यसका सदस्यहरुले नै सक्रिय भुमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

उप्रेतीले संस्था सहकारी बैंकको सदस्य भएको नाताले संस्थालाई आवश्यक पर्ने तालिम, थोक तथा लघुवित्त कर्जा लगायतका सहयोग गर्न बैंक सदैव तयार रहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष सविना ढकालले स्वागत मन्तब्य राख्दै लक्षित क्षेत्रमा छरिएर रहेको अनियन्त्रित पुँजीलाई एकत्रित गर्दै उत्पादनशील क्षेत्रमा संस्थाले सदस्यहरुको अधिकतम् हितमा काम गरेको चर्चा गरेकी थिइन ।

साधारणसभामा बोल्ने अन्य वक्ताहरूले संस्थाले सदस्यहरुको हितमा काम गर्नुपर्ने सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थामा १५ बर्ष निरन्तर कार्य गरेका २ जना कर्मचारीहरुलाई जनही ७५ हजार १ रूपैयाँ नगद पुरस्कार सहित दीर्घ सेवा पदक २०७८ बाट पुरस्कृत गरिएको थियो।

साथै २०७७ सालको एसइई परिक्षामा सदस्यका छोराछोरी मध्येबाट उत्कृष्ठ अंक हासील गर्ने छात्र तर्फ ५ जना र छात्रा तर्फ ५ जना विद्यार्थीहरु गरि १० जनालाई जनही दस हजार एक रूपैयाँ नगद पुरस्कार सहित सम्मान गरेको थियो ।

साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सदस्यहरुलाई १५.७९ प्रतिशतको दरले लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

साथै संरक्षित पुँजी फिर्ता कोषमा छुट्याएको रु. ५१ लाख ४५ हजार आर्थिक बर्षमा सदस्यहरुले संस्थासँग गरेको बचत तथा ऋण कारोवारको आधारमा चालु आर्थिक वर्षमा वितरण गर्ने निर्णय समेत गरेको संस्थाले जानकारी दिएको छ ।


१७ असोज २०७८, आइतवार १८:१८ बजे प्रकाशित

nabil bank