श्रीलालीगुराँस बहुद्देश्यीय सहकारी संस्थाले १२ प्रतिशत नगद लाभांश वितरण गर्ने
ललितपुर । श्रीलालीगुराँस बहुद्देश्यीय सहकारी संस्थाले सेयर सदस्यहरुलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । संस्थाको हालै सम्पन्न साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
उक्त साधारण सभाले अमरदास श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमितिको समेत चयन गरेको छ । सो कार्यसमितिको उपाध्यक्षमा हजुरी विष्ट, सचिवमा सुरेन्द्र भण्डारी, कोषाध्यक्षमा अमृतकुमार अर्याल निर्वाचित हुनु भएको छ । त्यस्तै सदस्यहरूमा कदम जोशी प्रधान, भोलाकुमार श्रेष्ठ र आर्यासिंह भण्डारी निर्विरोध निर्वाचित हुनुभएको संस्थाले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।





















