stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा बानियाँ निर्विरोध चयन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्था लि. को १९ औ वार्षिक साधारण सभा एवं सातौ अधिवेशनले शिव बहादुर बानियाँको अध्यक्षतामा निर्विरोध कार्य समिति चयन गरेको छ ।

सो समितिको उपाध्यक्षमा रामणी पौडेल ,सचिव जयराम पौडेल, कोषाध्यक्ष शिव बहादुर थापा, सञ्चालक सदस्यहरुमा छविलाल तिमिल्सिना, आरती श्रेष्ट, रिता क्षेत्री, ध्रुव कुमार सुञ्चौरी, पुष्पा महर्जन रहेका छन् । लेखा समिती संयोजकमा कुल प्रसाद सुवेदी , सदस्यहरुमा माय कुमारी शर्मा र तारादेवी थापा रहेका छन् ।

सो साधारण सभाको शुभारम्भ गर्दै संस्थाका जेष्ठ सदस्य अधिवक्ता डा। कृष्ण गोपाल पराजुलीले सहकारी संस्थामा सदस्यहरुको सहभागीता महत्वपूर्ण रहने बताए ।

सञ्चालक समितीको तर्फबाट प्रतिवेदन राख्दै संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले संस्थामा ६३९ शेयर सदस्यहरु मर्फत यो वर्ष १ अर्व ८९ करोडको बचत संकलन गरी बचत फिर्ता १ अर्व ७८ करोड, लगानी ४६ करोड सहित ५६ करोड २४ लाखको वासलात रहेको बताए।

कार्यक्रममा शेयर सदस्य अधिवक्ता गोविन्द पौडेल , शेयर सदस्यहरु मध्ये बचत, कारोबार, नियमित कर्जा, प्रोत्साहन सहित संस्थामा उत्कृष्ट कर्मचारी सम्मान पवन श्रेष्ट, सदस्य मध्ये जेष्ठ सदस्य सनकमान बाटाजु र शेयर सदस्यका छोराछोरीलाई शैक्षिक सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व अध्यक्ष प्रेम बहादुर जि.सी , सुशिलराज पराजुली सल्लाहकार सोभियत बहादुर अधिकारी, कमलनयन गौतम, डा. इन्द्रमान महर्जन , इन्द्रकमल मानन्धर , निर्वाचन समिती संयोजक चिन्तामणी बास्तोला, सदस्य गणेश बहादुर अधिकारी, सञ्चालक सदस्य विकल पौडेल र तारादेवी थापा लगायतले सहकारीलाई दिगो रुपमा परिणाम दिन सक्ने गरी योजना बनाउनु पर्ने बताए ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमा उपाध्यक्ष बसन्त बहादुर बानियाँ सचिव कुल प्रसाद सुवेदी , कोषाध्यक्ष राममणी पौडेल, लेखा संयोजक शिव बहादुर बानियाँ, व्यवस्थापक सुरेन्द्र थापाबाट राखिएको प्रतिवेदन, रणनितिक योजना, प्रस्तावित कार्यक्रमलाई पारित गरिएको छ ।

२०६३ मा सामुदायिक सहभागिता सहित रेडियो सराङ्गकोटको सञ्चालन गर्ने गरी शुरुवात गरिएको संस्थाले स्थापना देखी रेडियो सराङ्गकोटको प्रशारण, सामाजिक रचनात्मक कृयाकलापहरु, रक्तदान शैक्षिक सहयोग कार्यक्रम गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari