stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ऋण लिएर चुक्ता नगर्ने विरुद्ध पुनः अनुसन्धान हुने

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ऋण लिएर चुक्ता नगर्ने विरुद्ध पुनः अनुसन्धान हुने भएको छ ।

सहकारीको रकम हिनामिनामाबारे सरकारी वकिलको कार्यालय, काठमाडौँले आइतबार जिल्ला अदालत काठमाडौँमा आरोपपत्र दायर गरेसँगै थप शङ्कास्पद व्यक्ति माथि पनि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता सीताराम अर्यालले प्रहरीको प्रतिवेदनमा केही आरोपितहरूको नाम उल्लेख भए पनि पूरा विवरण र ठेगानासमेत नखुलेका कारण अभियोजन दर्ता नभएकाले पूरा तीनपुस्ते विवरण खुलाई विस्तृत अनुसन्धान प्रतिवेदन तयार गर्न प्रहरीलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

अर्यालले भन्नुभयो, “स्वर्ण लक्ष्मी सहकारी हिनामिनाबारे अनुसन्धान प्रतिवेदनमा किटान गरिएका आरोपितबारे केहीको पूरा विवरण खुलाएर प्रतिवेदन बुझाउन प्रहरीलाई निर्देशन दिइएको हो ।”

अर्यालले यकिन विवरण खुलेका कारण ३९ जनाविरुद्ध अभियोजन दर्ता गरिएको र बाँकी आरोपितबारे पनि अनुसन्धान गर्नुपर्ने देखिएको जानकारी दिनुभयो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान पूरा गरी गत बिहीबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडाँैमा बुझाएको थियो ।

प्रतिवेदनमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४४ प्रतिवादीविरुद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपियाँ बिगो मागदाबी गर्न सिफारिस गरिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा तीनपुस्ते यकिन विवरण नखुलेका यामकुमार नाल्बो, सुरज श्रेष्ठ, पुनमकुमारी चालिसे, मीरा बम्जन र सञ्जीव गिरीलगायतमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई निर्देशन दिएको हो ।

सहकारीबाट ऋण लिएर चुक्ता नगर्नेहरू प्रचण्डमान प्रधान, शम्भु गुरागाईं, ओमप्रकाश गुरुङ, लक्ष्मीप्रसाद पौडेल, उमेश गुरुङ, दिपेशकुमार पुन, भीमबहादुर तामाङ र पुष्पा राईबारे पनि थप अनुसन्धान गर्न निर्देशन दिइएको छ ।

prabhu mahalaxmi
kumari