citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

४४ जनाविरुद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपियाँ बिगो मागदाबी गर्न सिफारिस

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ। जिल्ला प्रहरी परिसर काठमाडौँले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिनाबारे अनुसन्धान पूरा गरी राय सहितको प्रतिवेदन बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको छ ।

अनुसन्धान प्रतिवेदनमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४४ जनाविरुद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपियाँ बिगो मागदाबी गर्न सिफारिस गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार जिल्ला प्रहरी परिसरको हिरासतमा रहेका दुई जना, कास्की प्रहरीको हिरासतमा रहेका दुई जना र पुर्पक्षका लागि कारागारमा रहेका पाँच जनासहित ४४ जना प्रतिवादीविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता सीताराम अर्यालले प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोजन दर्ता गरिने जानकारी दिनुभयो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा सङ्गठित अपराध र सहकारी बचत रकम अपचलनमा मुद्दा दायर गर्न सुझाव दिइएको छ, जसमा जिल्ला कार्यालय कास्कीको हिरासतमा रहनु भएका पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशी बन्जाडे, कुमार रम्तेल र काठमाडौँ प्रहरी परिसरको हिरासतमा रहेका स्वर्णलक्ष्मी सहकारीका लेखा सदस्य सुनिता नेवा र कर्जा सदस्य कमल लामासहित फरार गितेन्द्रबाबु राईलगायत अन्य ३९ जना प्रतिवादी कायम गरिएको छ ।

स्वर्णलक्ष्मी सहकारीबाट १६ वटाभन्दा बढी कम्पनीमा २३ करोड ३७ लाख ११ हजार ३२० रुपियाँ रकम अवैध रूपमा ट्रान्सफर गरिएको अडिट रिपोर्टबाट खुलेको प्रहरीले जनाएको छ ।

स्वर्णलक्ष्मी सहकारीमा पाँच हजार ६६९ जना बचतकर्ताले जम्मा गरेको कुल दुई अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपियाँमध्ये एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपियाँ बिगो अपचलन भएको पाइएको छ ।

हिनामिना भएकोमध्ये झन्डै ६४ करोड ८३ लाख ३८ हजार ४६५ रुपियाँ अवैध रूपमा गोर्खा मिडिया लगी अपचलन गरेको पाइएको छ ।

सहकारीमा आफ्नो बचत रकम हिनामिना भएको भन्दै ६९० जना पीडित बचकर्ताका तर्फबाट ९३ वटा छुट्टाछुट्टै जाहेरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान अघि बढाएको थियो ।

gold
himalayan life insurance long ad