citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

पोखरामा फेरि अर्को सहकारी घोटाला

kumari bank
Prabhu Insurance Long Ad
global bank

पोखरा । पोखरामा अर्को एक सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । पोखरा २३, कार्कीको तगरास्थित श्री संघर्षशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना एवं ठगी गरेको अभियोगमा अनुसन्धानका लागि उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा उक्त संस्थाका अध्यक्ष धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ घर भइ हाल पोखरा ८, नयाँबजार बस्ने ३३ वर्षीय विक्रम पाण्डे र संस्थाका सचिव तथा व्यवस्थापक पोखरा ३१, बेगनासका ३४ वर्षीय कमल सुवेदी हुन् । सुवेदी पत्रकार समेत हुन् ।

उनीहरुमध्ये पाण्डेलाई पोखरा १६, बिरौटाबाट र सुवेदीलाई पोखरा २३, कार्कीको तगरास्थित सहकारी कार्यालयबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरुलाई सहकारी ठगी सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतमा सोमबार म्याद थपका लागि लगिएकामा अदालतले अनुसन्धानका लागि ७ दिनको म्याद अनुमति दिएको छ ।

संस्थाका संचालक समितिका पदाधिकारीहरुसमेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरी सहकारीको रकम हिनामिना एवं ठगी देखिएको भन्दै सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गरी दिनु भनी सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीमा गत ७ पुसमा पत्राचार गरेका थिए ।

सो बमोजिम कास्की प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा लिएको सूचना अधिकारी डिएसपी वसन्तकुमार शर्माले बताए ।

यसैबीच, कास्की प्रहरीले उक्त सहकारीका बचतकर्तालाई यही २० पुससम्म जाहेरी दरखास्त दिन अनुरोध गर्दै सोमबार सार्वजनिक सूचना जारी गरेको छ ।

सूचनाामा सहकारी संस्थामा बचतकर्ता रही सहकारीबाट बचत तथा शेयर रकम फिर्ता नपाउनुभएका पीडित व्यक्तिहरुले सहकारीमा रकम जम्मा गरेको आधार देखिने शेयरधनी प्रमाणपत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागजसहित कानूनबमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त दिन आग्रह गरिएको हो ।

उक्त सहकारीको २ करोड ९६ लाख रुपैयाँ रकम अपचलन भएको प्रारम्भिक छानबिन प्रतिवेदनले औंल्याएको छ । सहकारी रजिष्ट्रार कार्यालयले दिएको उक्त प्रतिवेदन आधारमा कास्की प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

gold
himalayan life insurance long ad