citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

महुली लघुवित्तको एफपीओमा १ अर्ब ९६ करोड ६० लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन पर्यो

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । महुली लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा १ अर्ब ९६ करोड ६० लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज (पुस ८ गते) साँझसम्ममा १३ लाख ८६ हजार २०३ जनाले १ करोड ९६ लाख ६० हजार ५३० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा ४१.३५ गुणा बढी हो ।

महुलीले पुस ५ गतेदेखि ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । जसअनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन भएको हो ।

यो एफपीओमा मंगलबार ९पुस ९ गते० सम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ ।

इक्रा नेपालले २०८१ साउन २५ मंसिर १४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८२ मंसिर ९ गतेसम्म बाहल रहनेछ ।

gold
himalayan life insurance long ad