stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सराङकोट सहकारी संस्थाले ज्ञानभुमि माध्यमिक विद्यालयका विद्यार्थीलाई सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाले समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ज्ञानभुमि माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सहयोग वितरण गरेको छ ।

स्थापनादेखि सहकारी सिद्धान्त अनुसारका कार्यहरु सहित संस्थाको १८ औ वार्षिक उत्सव सगै संस्थापक अध्यक्ष स्वार्गिय लोक बहादु्र थापाको स्मृतिमा सहयोग गरिएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।

बिद्यालयमा कक्षा १ मा अध्यनरत १८ जना विधार्थीहरुलाई पोसाक स्टेशनरी समान र संस्थापक अध्यक्षका छोरा श्यामकृष्ण थापा बाट कार्पेटिङ सहयोग गरिएको थियो ।

साथै सोही कोष मार्फत संस्थाका सदस्य ब्लडक्यान्सर उपचारमा रहेका रामचन्द्र अधिकारी लाई रु, २५,००० र सदस्यहरुबाट संङकलित रकम समेत हस्तान्तरण गरीएको थियो । संस्थाले उपचारमा सहयोग गर्न सम्पूर्णमा अनुरोध समेत गरेको छ ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम शेरचन ,संस्थाका सल्लाहकार सोभियत बहादुर अधिकारी, सचिव कुल प्रसाद सुवेदी, सह सचिव माया कुमारी शर्मा ,शिक्षा समिति संयोजक जयराम पौडेल, रेडियो सराङकोटका निर्देशक चिन्तामणि वास्तोला, प्रधानाध्यापक विनोद राज सुवेदी , ब्यवस्थापक सुरेन्द्र थापा , लगायतले संस्थागत भनाई राखेका थिए ।

सहकारी मार्फत कुल ५३ करोडको कारोबार संगै रेडियो सराङकोट सञ्चालन ,विविध समाजिक कार्यहरु गदै आएको छ ।

prabhu mahalaxmi
kumari