ज्योति विकास बैंक राष्ट्रिय आविष्कार केन्द्रबाट सम्मानित
काठमाडौँ । महावीर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रले ज्योति विकास बैंकलाई सम्मानित गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालका ५१ वटा ग्रामीण भेग तथा दुर्गम क्षेत्रका स्वास्थ्यमा ‘न्यायो नानी’ परियोजना मार्फत बेबी वार्मर मेसिनको पहुँच पुर्याएको केन्द्रले बैंकलाई आइतबार सम्मान गरेको हो ।
केन्द्रका अध्यक्ष पुनले बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई सम्मानपत्र प्रदान गरे । चार वर्षदेखि सञ्चालनमा रहेको ‘न्यायो नानी’ परियोजनामार्फत केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर मेसिन निर्माण तथा आवश्यक भएका स्वास्थ्य केन्द्रमा जडानका लागि बेंकले वित्तीय सहयोग गर्दै आएको छ ।




























