stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सराङकोट बहुउद्देश्यीय सहकारीको १८ औ बार्षिक साधारण सभा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी  संस्थाको १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । २०६३ देखि सञ्चालनमा आएको सहकारीले सामुदायिक रेडियो १०४.६ मेगार्हजको प्रशारण संगै शेयर सदस्यहरुको आर्थिक सहभागिताको लागि बचत ऋण को कारोबार मार्फत २ अर्ब २२ करोड ,कुल कारोबार सहित संस्थाको पुँजी ७ करोड २५ लाख लगानीमा ४३ करोड रहेको संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।

एकताबद्ध सहकारीलाई जोड दिदै दिगो ब्यवस्थापन समयको मुल्याङकन सहित परिणान देखाउन सदस्यहरुको सकृयता बढाउने गरी संस्थालाई अगाडी बढाउनका लागी साधारण सभा केन्द्रीत गरिएको थियो ।

साधारण सभाको शुभारम्भ गदै पूर्व अध्यक्ष प्रेम बहादुर जि.सी. ले सहकारीलाई हाम्रो हो भन्ने भावानाको विकास संगै सबैको साथ सहयोग को लागी आहवान गर्नुभएको थियो ।

साधारण सभाले अध्यक्ष कृष्ण बहादुर थापा द्धारा प्रस्तुत संचालक समितिको प्रतिवेदन, सचिव कुल प्रसाद सुवेदी वाट प्रस्तुत संस्थागत एंव प्रस्तावित प्रतिवेदन ,कोषाध्यक्ष राम मणि पौडेल बाट प्रस्तुत आथिक, लेखा परिक्षण प्रतिवेदन , लेखा संयोजक शिब बहादुर बानिया बाट प्रस्तुत लेखा प्रतिवेदन ,सहसचिव माया कुमारी शर्माबाट प्रस्तुत कर्जा असुली प्रतिवेदन ,ब्यवस्थापक सुरेन्द्र थापा बाट प्रस्तुत संस्थागत प्रतिवेदनलाई पारित गरीएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार सोभियत बहादुर अधिकारी , कानुनी सल्लाहकार बरिष्ठ अधिवक्ता रोहित राज वास्तोला ,अधिवक्ता गोबिन्द पौडेल , प्रेम गीरी ,उपाध्यक्ष बसन्त बहादुर बानिया, संस्थाका सदस्य तारा थापा लगायत शेयर सदस्यहरुले आ आफ्नो धाराणा राखेका थिए ।

संस्थामा उत्कृष्ठ कारोबार , बचत कर्जा नियमित जेष्ठ सदस्यका उत्कृष्ठता हासिल गरेका छोरा छोरी हरु लाई सम्मान गरीएको थियो ।

सहकारी संस्थाले सहकारी ऐन नियम अनुसार संस्थागत रहि सामाजिक उत्तरदायित्वका विविध सामाजिक , शैक्षिक र स्वास्थ्य क्षेत्रका कार्यक्रमहरु गदै आएको छ ।

 

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long